Wednesday, October 5

कोरोना महामारी’मा भरतपुर कोरोना अस्पतालमा कर्मचारीलेनै सामान चोरी गरे (भिडियोसहित)

April 28, 2020 1289

कोरोना संक्रमितको उपचार’का लागि भरतपुर महानगर’पालिकाले बनाएको भरतपुर कोरोना अस्पतालका सरसामान राति कर्मचारीहरूले पोको पारेर लगेको भिडि’यो बाहिरिएको छ ।

अस्पतालका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पताल’का कर्मचारी सञ्जय बराल र महानगरपालिका स्वास्थ्य शाखा’का अधिकृत सूर्य तिवारीले अस्पताल’को स्टोरबाट सामान बाहिर निकालेको भिडि’योमा प्रष्ट देखिन्छ ।

खनाल नेपाल निजामती कर्मचारी संगठन चितवन’का जिल्ला अध्यक्ष हुन् भने बराल अस्पताल विकास समिति कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष हुन् । उनीहरूले स्टाण्ड फ्यान, सर्जिकल मास्क, कम्प्युटर’को स्क्रिन, स्यानिटाइजर, चप्पल, ग्लुस्टिक, साबुन, लामखुट्टे भगाउने धुप, बेगन लगायतका सामान तीन पोका बनाएर निकाले’को देखिन्छ ।

सामान पोको पार्नेहरू बत्ती नि’भाएर स्टोर कोठाबाट बाहिरिन्छन् र केही समयपछि मोबाइलको लाइटको साहारामा अँध्या’रो कोठामा पसेर करिब आधा घण्टा अगाडि तयार बनाएर राखे’को पोको उठाउँछन् । अरू केही सामानहरू खोजेको जस्तो पनि देखिन्छ ।

वीरगञ्जका बिरा’मी सन्तोष यादवको मृ त्यु भएसँगै विवाद’मा परेपछि यो कोरोना अस्पताललाई भरतपुर अस्पतालको शाखा बनाउने निर्णय गरि’एको थियो । भरतपुर अस्पताल मातहत चलाउने सम्झौ’ता नै भएको थियो गत चैत २१ गते ।

भरतपुर अस्पताल’ले वैशाख १ गते दिउँसो सामानहरूको विवरण बुझेको थियो । खनाल, बराल र तिवारी’ले चैत ३० गते राति ९.३० बजेसम्म बसेर सामानहरू उठाएका थिए ।

उनीहरूले केही सामान आ-आफ्ना घर लगेका र केही नारायणगढको एक सर्जिकल पसल’लाई बेचेको स्रोत बताउँछ । आरोपी’हरूले भने भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखामा लगेको दाबी गरेका छन् ।

महानगरका लेखापाल खनालले आफूहरूले सामान चो’री नगरेको दाबी गरे । राति मोबाइल बालेर सामान उठाउनु’को कारण सोध्दा उनले भने, ‘दिउँसो नभ्याएर राति लैजानु परेको हो ।’

भरतपुर अस्पताल’को स्टोर शाखा प्रमुख केशव सापकोटा कोरोना अस्पतालबाट केही थान मास्क र पी’पीई मात्र ल्याएको बताए । ‘हामीले वैशाख १ गते स्टोर जिम्मा लिएपछि एक जना मान्छे पनि खटाएका छौँ’, उनले भने, ‘त्यसभन्दा अगाडि’को कुरा हामी जान्दैनौँ ।’

भिडियोमा लेखापाल खनालले इलेक्ट्रि’सियन सन्तोष कुमार’लाई हात हालेको पनि देखिन्छ । कुमार जाइलागेपछि खनाललाई जोगाउन बराल बीचमा आएको देखिन्छ । पेस्की रकमको बिल नदिएपछि कुट’पिट गरेको लेखापाल खनाल’ले स्वीकार गरे ।

गत ७ चैतबाट हतार-हतार सञ्चा’लन गरिएको भरतपुर कोरोना अस्पतालको नक्कल गर्दै बुटबल लगायतका स्थानमा अलग्गै कोरोना अस्पताल बने । तर, नमुना मानिएको अस्पता’ल नै अहिले अस्तव्यस्त बनेको छ । अस्पताल’मा लाखौं अनियमितता भएको चर्चा चल्न थालेको छ ।

भरतपुर महानगरपालिका’लाई अस्पताल सञ्चा’लन गर्न वागमती प्रदेश सरकारले चैत २० गते एक करोड दिएको थियो । त्यसअघि महानगरपालिकाको विपद् कोषबाट छ लाख ५० हजार लेखापाल खनालको नाममा पेस्की दिएको थियो ।

अडिट गर्ने, गराउने आर्थिक नियम ऐनअनुसार सामान खरिद र व्यवस्थापन गर्ने जिम्मा लेखापाल खनाल र अस्पतालका सदस्य सचिव डा. भोजराज अधिकारीलाई दिइएको छ ।

अस्पतालमा वैशाख १४ गतेसम्म ७४ लाख ४४ हजार ९९ रुपैयाँ खर्च भएको देखिन्छ । कोरोना अस्पताल सञ्चालन कार्यद’लको बैठकमा भने महानगरका प्रमुख प्रशास’कीय अधिकृत प्रेमराज जोशीले एक करोड २७ लाख खर्च भएको विवरण दिएको स्रोत बताउँछ ।

अस्पतालले दिएको जानकारीअनुसार अहिले’सम्म कार्यालय सञ्चालनमा ११ लाख ८६ हजार र औषधि तथा मेसिनरी खरिदमा ५२ लाख २८ हजार दुई सय १० खर्च भएको छ । यसमा तोकिएको ४५ लाखको सिलिङ नाघेर खर्च गरिएको छ ।

अस्पतालले कुन औषधि, कोबाट, कतिमा किनेको भन्ने खुलाएको छैन । पीपीई र एन-९५ मास्कमा चाहिँ भ्याटसहित ३४ लाख खर्च गरेको देखाइएको छ । ५२ लाखमध्ये १८ लाखको हिसाब अस्पतालले देखाएको छैन । पाँचवटा एसी र पङ्खा खरिदको खर्च ७४ लाखमा जोडिएको छैन ।

सार्वजनिक खरिद ऐनको खरिद’सम्बन्धी व्यवस्था’मा पाँच लाखसम्मको खर्चमा तीनवटा सप्लायर्ससँग दरभाउ पत्र मागेर सबभन्दा कम गर्नेसँग खरिद गर्न पाउने व्यवस्था छ । त्यसभन्दा’माथि टेन्डरमा जानुपर्ने नियम छ । ७ चैतमा खुलेको अस्पताल’मा १५ गते अधिकांश समान ल्याएको देखिन्छ । पीपीई र एन ९५ मास्क खरि’दको न कोटेसन छ न त सम्झौता ।

नेपाली कांग्रेस, चितवनका सभाप’ति जीतनारायण श्रेष्ठ अस्पतालमा चोरी र घोटालाबारे महानगर प्रमुख रेनु दाहाल, भरतपुर अस्पतालका अध्यक्ष एवं कोरोना अस्पताल’का सदस्य सचिव डा. भोजराज अधिकारी र भरतपुर अस्पतालका मेडिकल सुपरिटे’न्डेन्ट डा. श्रीराम तिवारी जानकार रहेको बताउँछन् । उनी भन्छन्, ‘हामीले संकटको बेला सामान चोर्ने र अनियमितता गर्ने’माथि छानबिन र कारबाही’को माग गरेका छौँ ।’

छानबिन समिति गठन गरियो

कोरोना अस्पतालको सामान चो’री र अनि’यमिता छानबिन गर्न सोमवार तीन सदस्यीय समिति गठन भएको छ । उद्योग संघ चितवन’का अध्यक्ष राजु पौडेल समिति’को संयोजक तोकिए’का छन् । सदस्यमा भरतपुर महानगर’पालिका र भरतपुर अस्पतालका एक-एक जना रहनेछन् ।

समितिलाई छान’बिन गरी एक हप्ताभित्र कार्य’दलमा प्रतिवेदन बुझाउन भनिएको छ । भरतपुर अस्पतालले चो’रीमा संलग्न भनिएका बराल र महानगर’पालिकाले लेखापाल खनाल र स्वास्थ्य अधिकृत सुवेदी’लाई फिर्ता बोलाएको छ ।

कोरोना अस्पतालले खरिद गरेका पीपीई र एन-९५ मास्क खरिद’मा अस्पतालकै चिकित्सक मध्यस्थक’र्ता भएको पाइएको छ । उनीहरूले काठमाडौंका विभिन्न सप्लार्यस’सँग सम्पर्क गरी प्रचलित मूल्यभन्दा महँगोमा सामान किनेको देखिएको छ ।

नेसनल सर्जिकल हाउस, मेडि’लाइन इक्युप’मेन्ट सर्भिस, सम्बृद्धी गार्मेन्ट प्रा.लि. र महेश मेडिसिन्स प्रा.लि.बाट सामान खरिद भएको छ । दुई हजारदेखि २५ सयसम्म पर्ने पीपीई’लाई छ हजार पाँच सयमा किनेको देखिन्छ ।

मूल्य बढी हालेर पनि भने जति परिमाण’मा सामान नआएको अस्पताल स्रोत बताउँछ । स्रोतका अनुसार, क्वारेन्टाइन बनाइएको होटल गंगोत्रीले पनि यही मौकामा महानगरमा बिल पेश गरेको छ । उसले सुरुमा निःशुल्क उपलब्ध गराउने भनेको थियो । यो खबर सुबास पण्डितले अनलाईन खबर डट कम मा लेख्नु भएको छ । भिडियोमा हेर्नुहोस्

प्रतिकृया दिनुहोस्