सुनको भाउ तोलामा १५ सय रुपैयाँले घटेको छ । बिही`बार तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार ९३ हजार चार सय रुपैयाँमा आइपुगेको हो।
अन्तर्राष्ट्रिय मूल्यमा आएको उतार चढाबका कारण सुनको भाउ ओरालो लागेको नेपाल सुन चाँदी व्यवसायी महा`संघले जनाएको छ । आजका लागि तेजावी सुनको भाउ ९२ हवार ९ सय रुपैयाँ खरिद बिक्री मूल्य तोकि`एको छ ।
बिहीबार उक्त सुनको प्रतातोला कारोबार मूल्य ९४ हजार चार सय रुपैयाा थियो । यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेर १३ यस ४० रुपैयाँ प्रतितोला कारोबार मूल्य तोकिएको छ ।
यस्तो छ सुनको महत्व:
नेपाली धर्म संस्कृतिसँग गाँसिए`को सुनलाई एक पवित्र धानुका रुपमा लिने गरिन्छ । हिन्दु धर्ममा जन्मदेखि मृ`त्यु संस्कार`सम्म सुनको महत्व रहेको छ तथा छुवाछुतबाट घर तथा मानिस|लाई चोखो बनाउन सुन पानी छर्केने चलन अहिले`सम्म पनि विद्यमान छ ।
जन्मे पछि न्वारण नभए पाश्नी (अन्न प्राशन) का बेला नवबालबालिकाहरु`लाई सुन तथा चाँदीका गर–गहना लगाउने प्रचलन रहेको छ भने मृ`त्यु संस्कारमा पनि सुन दान गर्ने प्रचलन रहि आएको छ । विभिन्न देवी देवताको आभुषणको रुपमा सुन|लाई लिने गरिएको छ अर्थात देवी देवताहरुले सुन`लाई नै पहिरिने गरेको पाइन्छ ।
त्यति`मात्र कहाँ होर विभिन्न मठ मन्दिरहरुमा सुन गजुर बनाउने प्रचलन नेपालको पुरानै हो । हिन्दुहरुको आरध्यदेव भगवान पशु`पतिनाथको मन्दिरको गजुर सुनको छ भने ढोका`हरु चाँदीका रहेका छन् । त्यसै सबै देवी`देवताको मन्दिरमा सुन तथा सुनका गर–गहना रहेका हुन्छन् ।
विवाह, ब्रतबन्ध तथा मृत्यु संस्कार जस्ता साँस्कृति`क संस्कारमा पनि सुनको त्यतिकै महत्व रहेको छ । अन्य धातुहरुको तुलना`मा सुन`लाई बहु`मूल्य धातुको रुपमा लिने गरि|एको छ । नगद सम्पत्तिको रुपमा लिइने सुनलाई नगद धनको रुपमा पनि लिने गरिन्छ ।
त्यसैले सुनको महत्व हिन्दु समाजमा मात्र नभएर संसार`भरि उक्तिकै रहेको पाइन्छ । कसैले सुनलाई गर–गहनाको रुपमा प्रयोग गर्छन भने कसैले नगद धनको रुपमा, यतिमात्र भिन्नता हो
प्रतिकृया दिनुहोस्