प्रहरी हवल्दार राज कुमार गोले यति बेला चर्चित छन् । उनले गरेको कामको सर्वत्र प्रसंसा भइरहेको छ । कोरोना कहरमा सडकमा खटिएका उनी नियम मिच्ने सवारी साधन लाई कडा कार`बाहीको दायरामा ल्याउँछन् ।
यसै शिलशिलामा ड्युटीमा खटिएका बेला एक युवतीले स्कुटर ल्याउँदै गरेकी हुन्छिन् र त्यही बेला हवल्दारले चेकजाँच गर्ने क्रममा उनीसँग लाइसेन्स नभएको पाइएपछि स्कुटर रोकेर त्यी हवल्दारले चाबी लिएर जान्छन् !
त्यसपछि त्यी महिलाले चाबी दिन आग्रह गर्छिन् तर हवल्दारले चाबी दिन इन्कार गर्छन् । लाइसेन्स नभएको कारण तत्काल लैजान नमिल्ने भन्दै जरि`वाना लाग्ने बताउँछन् । त्यसपछि युवतीलाई परिचय लिने क्रममा उनी आफू प्रहरी असइको श्रीमती भएको बताउँछिन् र उनीले आफ्नो असई श्रीमानलाई तुरुन्तै फोन गरेर त्यही बोलाउँछिन् । यो दृश्य अनलाइन टिभि नेपाल युटुब च्यानलमा देख्न सकिन्छ ।
त्यसपछि हवल्दार र असइबीच केही छिन भनाभ`न चल्छ । हवल्दार आफू ड्युटीमा रहेको बेला अना`वश्यक हस्तक्षेप गरि माथिल्लो दर्जाको भएर पेलेको आ`रोप लगाउँछन् भने असइ खण्डन गर्दै आफूले त्यसो नगरेको भन्दै क्यामे`राको अगाडि प्रष्ट्याउँछन् ।
त्यसपछि हवल्दार गोलेले आफ्नो परिचय दिँदै असइको नाम सोध्छन् तर असइ भने आफ्नो नाम भन्न चाहदैनन्। उनकि श्रीमती अगाडि बढेर चर्को स्वरमा बोल्दै हवल्दार गोलेले आफू`लाई अनावश्यक दुख दिएको, आफूले लाइसेन्सको परीक्षाको लागि फारम समेत भरेको तर लाइसेन्स नखुलेको कारण आफूसँग लाइसेन्स नभएको बताउँछिन् ।
त्यसपछि हवल्दारले उनलाई लक`डाउन अगाडि किन नब|नाउनु भएको त भन्दै प्रश्न गर्छन् र जवाफमा उनी भन्छिन्, ”मैले सिकेकै थिएन त्यही भएर नबनएको।” उनी पुन आवेशमा बोल्छिन् ,आफू मेडिकल क्षेत्रमा काम गर्ने सरकारी नर्स भएको बताउँ छिन् र आज ड्युटी नभएको कारण कार्ड नभिरेको भन्दै उनी निकैबेर हवल्दार`लाई एकोहोरो त्यस्तै कुरा भनिरहन्छन् ।
सम्पूर्ण कुरा उक्त भिडियोमा हेरौं हेरौं
प्रतिकृया दिनुहोस्