नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।आइतबार प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३०० रूपैयाँले घटेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९३ हजार ३०० रुपैयाँ रहेको छ ।
चाँदीको मूल्य पनि आज घटेको छ । चाँदीको मूल्य आज प्रतितोला ५ रूपैयाँले घटेर १३ सय ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
अर्काे समाचार… असार १ गते नयाँ शैक्षिक सत्र शुरू गर्न शिक्षा मन्त्रालयको निर्देशन..
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गते नयाँ शैक्षिक सत्र सञ्चालन गर्न निर्देशन दिएको छ ।मन्त्रालयमा आइत`बार बसेको मन्त्रिस्तरीय वैठकले असार १ गते नयाँ शैक्षि`क सत्र शुरू गर्ने निर्णय गरेको हो ।
नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरणलाई सहज बनाउने, वैकल्पिक सिकाई प्रणाली|बाट बालबालिकाको सिकाईलाई निरन्तरता जिने जस्ता निर्णय भएको शिक्षा मन्त्रा`लयका प्रवक्ता दीपक शर्माले बताए ।त्यस्तै विद्याल`यका कर्मचारी र शिक्षकलाई खोप दिने विषयमा पनि छल|फल भएको उनले जानकारी दिए ।
वैठकमा शिक्षा मन्त्री कृष्ण`गोपाल श्रेष्ठले चालु शैक्षिक सत्रको बाल`बालिकाको सिकाई उपलब्धीको उपयुक्त विधि र प्रक्रियाका आ|धारमा मुल्यांकन गर्ने व्यवस्था गर्न र समयमै विद्यार्थी`हरुलाई पाठ्यपुस्तक वितरण गर्न निर्देशन दिए ।त्यस्तै कोरोना महा`मारीको स्थिती सामान्य नभए`सम्म विद्यार्थीको सिकाई`लाई वैकल्पिक विधिबाट अघि बढाउन पनि मन्त्री श्रेष्ठले निर्देशन दिएका छन् ।
प्रतिकृया दिनुहोस्