विश्वमा कतिपय घटना’हरु यस्ता घट्छन् , जुन रहस्यको गर्भमै रहिरहन्छन्। आज हामी तपाईहरुलाई यस्तै रहस्यमा रहेका ५ ठूला खाडलहरु को बारेमा बताउन गरिरहेका छौं, जसका बारेमा वैज्ञानिकहरुले खोज अनुसन्धान गरेपनि अहिलेसम्म उनीहरूको खोज अनुसन्धानले सफलता पाउन सकेको छैन ।
डिलक्स होल
पोल्याण्डको एक घरको अगाडी रहेको यो खाडल अहिलेसम्म रहस्यमय अवस्थामै छ । यस खाडल नजिकैका घरका मालिक भन्छन्, यो विश्वकै सबैभन्दा गहिरो खाडल हो। अझै पनि वैज्ञानिकहरु यो खाडलको गहिराई कति छ भनेर नाप्न सकेका छैनन् । यहाँ बस्नेहरु भन्छन् यति ठूलो खाडल खन्नलाई मानिसको वसको कुरा होइन, यो कि त छुट्टै प्राणी अथवा पातालमा हुने कुनै त्यस्तो चमत्कारिक प्राणीको काम हो।
होल अन मून
यो खाडल धर्तिमा नभएर धर्ती भन्दा कोसौ टाढा चन्द्रमामा भएको खाडल हो। यसको फोटो वैज्ञानिकहरुले पृथ्वीबाट लिए, यस फोटोमा एउटा खाडल देख्न सकिन्छ जसको बारेमा आजसम्म पनि वैज्ञानिकहरूको संस्था नासाले खोज अनुसन्धान गरिरहेको छ कि चन्द्रमामा यति ठूलो खाडल कसरी बन्यो ! अनुसन्धान कर्ता हरूको अनुमानले भन्छ , यो खाडल हुनुमा ठूलो उल्का-पिण्ड ठोकिएर अथवा कुनै अन्तरिक्ष प्राणी एलियनको काम हुन सक्छ ।
हाफमेन के
यो क्षेत्र पुरातत्व बिभागको लागि एकदमै महत्वको क्षेत्र हो । यो ठाउँमा कछुवा गोही लगायत को अस्थिपन्जर हरु भेटिएको थियो । कुनै समय यो पूर्ण रुपमा सुकेको थियो। पछि आफै फेरि पनि भरियो। शोधकर्ताहरु भन्छन्: यी प्राणीलाई प्राचीन मानिसहरुले मारेका थिए। यो पानी भरिएको खाडलमा १ हजार बर्ष पहिलेको मानिसको हड्डीसमेत भेटिएको थियो।
ग्वाटे माला सिटी होल
सन् २००७ सालमा मानिसहरुले एउटा ठूलो आवाज सुने । उनीहरुलाई आवाज कहाँ बाट आयो भन्ने कुरा थाहा भएन । जब केही दिन पछाडी सहर`को बिचमा एउटा धेरै ठुलो खाडल बन्यो, त्यसपछि थाहा भयो कि त्यो सुनिएको आवाज त्यही खाडल बन्ने क्रममा आएको रहेछ। यो खाडल परेपछि कतिपय मानिसहरूको सो खाडलमा झरेर मृ’त्यु भयो भने, कयौं जोखि`मयुक्त घरहरुलाई अन्तै सारियो। आजसम्म पनि थाहा छैन कि यो खाडल कसरी बन्यो!
बरेजनिकी खाडल
यो रसियाको सबैभन्दा ठूलो खाडल हो। यो कसरी बन्यो भन्ने कुरा कसैलाई थाहा छैन तर कतिपय मानिसहरुले पातालबाट कुनै जीव अथवा प्राणी बाहिर निस्केको हो भन्ने अनुमान गर्ने गर्छन्। वैज्ञानिकहरुका अनुसार यो खाडल पर्नुको कारण अधिक मात्रामा वर्षा भइ जमिनमुनि रहेको खाली भागमा दबाब पर्न गई बनेको हो । सन् २०१२ मा यसलाई भर्ने क्रममा एक ट्रक र बुल डोजर खाल्डोमा झरे , र ड्राइभरको मृ`त्यु’ भयो ।
यहाँ थिचेर भिडियो हेर्नु`होस।।
प्रतिकृया दिनुहोस्