‘आमाले सोध्छिन् बाबु कोरिया कहिले जान्छस ? मैले प्रधान`मन्त्री ज्यूलाई सोधेर भन्छु भनेको छु ।’ सबै प्रक्रिया पूरा गरेर पनि कोरिया जान नपाएका युवाहरूले अहिले ट्वीट`रमा यस्तै ट्वीट छोडेका छन् ।
विशेषगरी युवाहरूले प्रधान`मन्त्री केपी शर्मा ओली र उनका राजनीति`क सल्लाहकार विष्णु रिमाल`लाई मेन्सन गर्दै विभिन्न स्ट्याटस`सहित ‘जस्टिस फर ईपीएस पासर’ अभियान छोडेका छन् । ट्वीटरमा यो अभियान ४ दिन देखि चलिरहेको छ ।
सर`कारले उच्च कुटनीतिक पहल गर्न नसक्दा मुखमै आएको रोज|गार गुम्न लागेको गुना`सो गर्छन् कपि|लवस्तुका संगम खनाल ।‘एक लाख जनालाई उछिनेर ५ हजारमा नाम निकालियो’ उनले खबरहबसँग भने, ‘सरकारले पहल नगरे हाम्रो मेह`नत खेर जाने भयो ।’
कोरिया रोजगारीका लागि परीक्षा पास भएको २ वर्षभित्र पुगिसक्नु पर्छ ।कहिले उडान खुल्ला र जान पाइए`ला भनेरै बसेको १५ महिना पुगि`सकेको उनले दुखेसो पोखे ।‘कोरोना महा`मारी भन्दाभन्दै डेढ वर्ष बित्नै लागि`सक्यो ’ उनी भन्छन्, ‘स्वास्थ्यका मापद`ण्ड सबै पालना गर्छौ, आफ्नै खर्चमा पीसी|आर परीक्षण पनि गर्न तयार छौँ ।’
मंगलवार साँझ|सम्म करिब २६ हजारले ट्वीट गरी ट्वीटर ट्रेन्डिङको नम्बर १ मा ल्याएका छन् ।अभियानमा धेरै युवा`हरूले कोरिया रोजगारीमा जानकै लागि विगत १५ महिनादेखि प|र्खिदा मानसि`क तनाव (डिप्रेसन) मा पुगेको कुरा|समेत लेखेका छन् ।
त्यस्तै सौरभ लोपचनले ट्वीट गरेका छन्, ‘सम्मा`नीय प्रधानमन्त्री ज्यू, नमस्कार । ईपीएस भाषा पास गरी कोरिया जान पखाईमा बसेको हामी करिब ११/१२ हजार युवा`हरू, १७ महिना बितिसक्दा पनि सम्बन्धित निकाय`बाट पहल हुन नसक्दा, यो विषयमा पहल गरिदि|नुपर्यो धन्यवाद !’
परीक्षा पास गरेर सबै प्रक्रिया पुरा गरेर बसेका युवा`हरू कोरिया जान पाउनुपर्छ भन्ने उनी|हरूको माग हो ।कोरियाले सन् २००८ देखि सरकारीस्तरबाटै भाषा परीक्षा लिएर नेपाली कामदार लैजान शुरु गरेको हो ।४० वर्षभन्दा कम उमेर`समूहका कामदार लैजाने कोरियाले हरेक वर्ष औसतमा ५ हजार जना नेपालीलाई रोज`गारी दिइरहेको छ ।
पछिल्ला केही वर्षयता कोरि|यामा आम्दानी राम्रै हुने भएकाले हरेक वर्ष १ लाखभन्दा बढी युवाहरू भाषा परीक्षाको तयारी गर्छन् ।कोरोना भाइ|रसको माहामारी पछि नेपाली श्रमि|कले पाउने कोरियाको रोजगारी अन्योल छ ।
उनीहरूले ०७६ फागुन पहिलो साता|देखि ईपीएस प्रणालीमार्फत श्रमिक नेपालबाट कोरिया जान पाएका छैनन् ।कोरिया रोजगा`रीमा जानका लागि नियमित भाषा परीक्षा पास गरेपछि ‘लेबर कन्ट्रयाक्ट’ आउछ ।
त्यसपछि श्रमि`कले ‘सर्टिफि`केट फर कन्फर्मेसन अफ भिसा इन्युएन्स अर्थात् सीसीभीआई फारम भर्नपर्छ ।उक्त फा`रम जारी भएको ३ महिनाभित्र भिसा लाग्नुपर्छ । – सविना कार्की / खबर हब
प्रतिकृया दिनुहोस्