Saturday, September 18

किसानले ‘यस्ता बाख्रा त हामी लिन्नौं’ भनेपछि नगर-पालिकाले फिर्ता गरिदियाे

June 11, 2021 1504

बाख्रापालनका लागि किसान`लाई वितरण गर्ने भनी ल्याइएका बाख्रा किसानहरूले नै लिन अस्वी|कार गरेका छन् । वितरणका लागि ल्याइएका बाख्रा मापदण्ड विपरी`तका भएपछि जिल्लाको मुसिकोट नगर`पालिकाले फिर्ता गरिदिएको छ ।

आर्थिक वर्ष २०७७∕०७८ मा नगर|पालिकाका किसानलाई वितरण गर्न ल्याइएकामध्ये २६ वटा बाख्रा फिर्ता गरिएको नगर|पालिकाले जनाएको छ । बाख्रा खरिदका लागि गरिएको टेन्डरअनुसार सम्झौता गरेको ठेकेदार कम्पनीले ल्याएका बाख्रा पालनयोग्य तथा उत्पादन|योग्य नभएका र किसानले समेत लिन अस्वी|कार गरेकाले फिर्ता पठाइएको मुसिकोट नगर`पालिकाका सामाजिक विकास समितिका संयो|जक सुशील गौतमले बताउनुभयो ।

उहाँका अनुसार ठेकेदारले ल्याएका पहिलो चरणका ५६ वटा बाख्रा`मध्ये २६ वटा बाख्रा फिर्ता पठाइएको हो । नगर|पालिकाले यहाँका विभिन्न योजना तथा कार्यक्रमको प्रभाव$कारिताका बारेमा अनु`गमन गरिरहेको छ । कार्यक्रमको लक्ष्य तथा उद्देश्य विपरीत हुने हरेक खालका कार्यलाई अनुगमन गरेर निरुत्साहन गरिने सामाजिक विकास समिति|का संयोजक गौतमले जनाउनु|भयो । 

सङ्घीय सरकार र मुसिकोट नगर`पालिकाको साझेदारीमा किसान`लाई व्यावसायिक बनाएर आर्थिक उत्पादनमा जोड्ने उद्देश्यले बाख्रापालन कार्यक्रम राखि`एको थियो । यस वर्ष एक सय ५० वटा बाख्रा वितरणको कार्यक्रम रहेको छ ।

बाँकी बाख्रा अब तत्कालै ल्याएर वितरण गरिने नगर`पालिकाको पशु सेवा शाखा प्रमुख सरस्वती सापकोटाले बताउनुभयो । पहिलो चरणमा ल्याइएका`मध्ये २६ वटा बाख्रा कोही साना, कोही बूढो भएका र मापदण्डभित्रका नभएकाले फेरि किसान`सँग सहकार्य गरेर ल्याउने गरी ठेकेदार`लाई नै फिर्ता गरिएको उहाँकाे भनाइ छ ।

बाख्रा खरिद  र वितरणका लागि केअर`फाम नेपाल प्राली नेपालगञ्जले सम्झौता गरेको थियो । यसका लागि सङ्घीय सरकार र मुसिकोट नगरपालिकाले संयुक्त बजेटबाट १८ लाख ४२ हजार रुपैयाँको टेन्डर आह्वान गरिएको थियो । यसमा बाख्रा खरिद, घाँस, औषधि`समेतकाे व्यवस्था`का लागि बजेट विनियोजन गरिएको थियो । – यो खबर उज्यालो अनलाइनमा राजु लामिछानेले लेख्नु भएको छ ।

प्रतिकृया दिनुहोस्