सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) प्रणालीबा’ट दक्षिण कोरिया गएर बिदामा नेपाल फर्केका नेपालीलाई वैदेशिक रोजगार विभा’गमा सम्पर्क गर्न आग्रह गरेको छ।
श्रम रोजगार तथा सामा’जिक सुरक्षा मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बिदामा नेपालमा रहेका व्यक्तिले स्वेच्छाले आफ्नो काम’मा फर्की जान चाहनेलाई विभाग’अन्तर्गत रहेको ईपीएस कोरि’यामा शाखा’मा सम्पर्क गर्न आग्रह गरेको हो।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले वैध प्रवेशाज्ञा भई हाल बिदामा नेपालमा रहेका कामदार’लाई स्वास्थ्य परी’क्षण गराई उनीहरुकै खर्चमा चार्टर्ड उडानमार्फत जान स्वीकृति दिएको थियो।कोरोना महामा’रीअघि बिदा लिएर नेपाल आएका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायी अन्तर्राष्ट्रिय उ’डान बन्द हुँदा यही अलपत्र परेका थिए।
यद्यपि यसबीचमा कोरियाबाट कति नेपाली श्रमि’क बिदामा नेपाल आएका छन् भन्ने तथ्याङ्क आफू’हरुसँग् नभएको ईपीएस कोरिया शाखाले जनाएको छ।गैरअवासीय नेपाली स’ङ्घ (एनआरएनए) को पह’लमा त्यस्ता कामदारको सङ्ख्या सङ्क’लन गर्ने काम भइरहेको छ।
करीब २५० कामदार बिदामा नेपाल आएको हुनसक्ने अनुमान गरिएको छ। कोरियामा कोभिड-१९ को महा’मारी बिस्तारै कम हुँदै गए’पछि त्यहाँका रोजगारदाताले नेपाली कामदारलाई जतिसक्दो चाँडो फर्कन आग्रह गर्दै आएका छन्।
विशेषगरी लकडाउन हुनुअघि दक्षिण कोरियाबाट छोटो अवधिको बिदा लिएर नेपाल पुगेका नेपा’ली श्रमिक समय’मै फर्किन नसक्दा भिसा नै रद्द हुने हो कि भन्ने चिन्ता थपिएको थियो। आफूले काम गरिरहेको कम्पनीले छिटो फर्कन भनिरहने तर लक’डाउनका कारण फर्कन नसक्दा नेपालमा रहेका नेपाली श्रमिक चिन्तित थिए।
उनीहरुलाई नेपाल एयर’लाइन्सको चार्टर्ड विमान’मार्फत कोरिया फर्काउने तयारी गरिएको छ। सङ्घ र नेपाल एयरलायन्सबीच सोमबार चार्टर्ड उडान’सम्बन्धी सम्झौता भएको छ। पहिलो चरण’मा अप्रिल ३० तारिखमा फ्ला’इट गर्ने तयारी भइरहेको छ। जसमा भिसा सकिन लागेकालाई प्राथमिकता दिई उडाइने छ।
दक्षिण कोरिया फर्क’नेले टिकट’बापत एक लाख १३ हजार ७७५ बुधबार अपराह्न २ बजेभित्र बुझाउन सङ्घले आग्रह गरेको छ। कोरिया फर्केपछि अनिवार्यरूपमा १४ दिनसम्म सेल्फ क्वारेन्टाइन’मा बस्नुपर्नेछ। रासस
प्रतिकृया दिनुहोस्