Wednesday, November 29

करोडौं रुपैयाँ र ४० किलो सुनसहित चोर पक्रा`उ तर धनको मालिक नभेटिँदा प्रह`रीलाई भयो तनाव

June 14, 2021 1791

हामीले हाम्रो घरबाट केही धनमाल चोरी भयो भने प्रहरीमा खबर गर्छौं । प्रहरीले हाम्रो धन`माल भेट्टाइदिएर हामी`लाई फिर्ता गरोस् भन्ने हाम्रो चाहना हुन्छ । तर, करोडौं रुपैयाँ नगद र ४० किलो सुन हराउँदा पनि प्रहरीलाई खबर नगर्ने मानिस कस्तो होला ?

अझै प्रहरीले त्यो धन प`क्राउ गरिसकेपछि पनि त्यो धन मेरो हो भनेर दावी गर्न किन गएन होला ? यस्ता प्रश्नले अहिले भारत`को ग्रेटर नोएडा प्रह`री विभागको टाउको दुखाएको छ ।

भारतको उत्तर प्रदेशको नोएडा सहरको सिल्भर सिटीको एक फ्ल्याट`बाट ४० किलो सुन र साढे ६ क`रोड रुपैयाँ नगद चोरी भएको थियो । चोरी ९ महिनाअघि २०२० को सेप्टेम्बरमा भएको थियो । तर, मालिकले चोरीबारे प्रह`रीलाई खबर गरेनन् ।

नवभारत टाइम्सका अनुसार सेक्टर ३९ थाना पुलिसले शुक्रबार ६ जना चोरहरुलाई पक्राउ गरेको जानकारी सार्वजनिक गरेर यो चोरीको खुलासा गरेको हो । पुलिसका अनुसार यो चो`री सेप्टेम्बरमा नोएडा र गाजियाबादका चोरहरुका २ गिरोहले गरेका थिए ।

पुलिसले प`क्राउ गरेका ६ जना आरोपीको साथबाट करिब १३ किलो सुन र ५७ लाख नगद बरामद गरेको छ । पुलिसले ६ जना चो`रहरुलाई पक्राउ गरेको जान`कारी नोएडा जोनका डिसी`पी राजेश एस र एडिसीपी रणविजय सिंहले पत्रकार सम्मेलन गरेर दिएका हुन् ।

डिसीपीका अ|नुसार सुराकीको सूचनाका आधारमा पहिले २ चोरहरुलाई पक्राउ गरिएको थियो । राजन भाटी र अरुण नामका यी दुई आरोपीलाई पक्राउ गरेर सोध|पुछ गरेपछि अन्य आरो`पीबारे जानकारी प्राप्त भएको थियो र उनीहरुलाई पनि प`क्राउ गरिएको थियो ।

एडिसीपी रणविजय सिंहका अनुसार यी आ`रोपीहरुले गाजि|याबादका गोपाल यो चो|रीको मुख्य योजनाकार भएको बताएका छन् । आरोपीहरु`बाटै प्राप्त जानकारीका आधारमा यो घर राममणि पाण्डे र किशलय पाण्डेको भएको थाहा भएको छ ।

त्यस`पछि पुलिसले राममणि र किशल`यसँग सम्पर्क गरेको थियो । पुलिसले सम्पर्क गरेपछि राममणि र किशलय दुवैले आफूहरु विदेशमा भएको भनेका छन् । उनीहरुले आफू`हरुको फ्ल्याटमा त्यति धेरै धन भएको र त्यो चोरी भएको दुवै कुराबारे आफू`हरुलाई केही थाहा नभएको बताएका छन् ।

पुलि`सले चोरीको आरोपमा राजन भाटी, अनिल, बिंटु शर्मा, निरज, जय सिंह र अरुणलाई पक्राउ गरेको छ । पुलिसले अब मुख्य योज`नाकार गोपाल सहित अन्य ४ जना आरोपीको खोजी ग`रिरहेको छ । बाँकी नगद र सुन उनी`हरुबाट बरामद हुने अपेक्षा गरिएको छ ।

चोरी गरिसके`पछि पनि कुनै उजुरी वा पुलिस केस नभए`पछि यी आरोपीहरु ढुक्क भएका थिए । पुलिसका अनुसार केही दिनअघि सलारपुर निवासी दुई आरो`पीहरुबीच केही कुरामा झगढडा भयो । यही झगडाको क्रममा एक आरोपीले रिसको झों`कमा बोल्दा आफूहरुले गरेको चोरीको रहस्य पनि खोले ।

उनीअरुसँग अ`चानक आएको पैसा देखेर आसपासका मानिसहरु पहिले`देखि नै सशंकित थिए । उनीहरुको झ`गडाको क्रममा एउटाले चोरीको रहस्य खोले`पछि पुलिसका सुराकीले यसको खबर पुलिसलाई दिए । त्यसपछि पुलिसले उनीहरुलाई पक्रा|उ गरेको थियो ।

एडि`सीपी रणवि`जय सिंहका अनुसार अहिले`सम्म पुलिसमा यो चो`रीको उजुरी आएको छैन त्यसैले यति नै चोरी भएको थियो भनेर किटानी गर्न सकिने अवस्था छैन ।

सोध`पुछका क्रममा आरो`पीहरुले बताए|अनुसार चोरीको सामान बाँड`फाँड गर्दा १ जनाको भागमा ४ किलो सुन र ६५ लाख रुपैयाँ नगद परेको थियो । यही आधा`रमा पुलिसले आरोपी १० जना भएको`ले कम्तीमा ४० किलो सुन र साढे ६ करोड नगद चोरी भएको अनुमान गरेको हो ।

ठूलो चोरीको खुलासा गरेकोमा उत्तर प्रदेश सर`कारको गृह विभागले नोएडा पुलि`सको प्रशं`शा गरेको छ । गृह विभागका मुख्य सचिव अवनीश अवस्थीले पुलिस टिमलाई २ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । यसको जान`कारी गृह विभागको तर्फबाट एक ट्वीट गरेर दिइएको छ । नोएडाका कमिश्नर आलोक सिंहले सरकारको तर्फ`बाट प्राप्त यो प्रोत्सा`हनप्रति आभार व्यक्त गरेका छन् । – डिसी नेपाल

प्रतिकृया दिनुहोस्