हिजो मंगलबार प्रसारित सीधाकुरा जनतासँग कार्यक्रमको केही अंश:
नमस्कार स्वागत छ सिधा कुरा जनतासँग कार्यक्रममा ।
आज माक्स पनि मैले डबल लगाएको छु । एउटा कोरोना बाट बच्न र अर्को राजनीति फोहोरी दुर्गन्धबाट बच्न । यो देशका जनता कयौंको जागिर गुम्दैछ, कयौंको घरमा भोलिको छाकको ठेगान छैन । यो देशको जनता कैयौंको सङ्ख्यामा विदेशमा अड्किएका छन् ।
गुहार गुहार मलाइ मेरो देश जान देउ भनेर चिच्याइरहेका छन् । त्यही पर भारतको बोर्डरमा महिनादिनदेखि काखे बच्चा च्यापेका जनता अर्काले दया गरी फालेको रोटी टोकेर बसेका छन् । बिरामी असक्त गर्भवती महिलाहरू सय जनका लागि एउटा ट्वाइलेटको व्यवस्थामा बसेका छन् ।
सडक सडकमा पोको पन्तुरो बोकेका श्रमिक मजदुरहरु तालुका पसिना शरीर स्थान स्थानबाट बगेर सडकमा भिजेका छन् । महाकाली नदी पारी आमा मारीन्, कठै! यो देशका नागरिक वासुदेव भट्टले आफ्नी आमालाई दागबत्ती समेत दिन पाएनन् ।
हो , काल बेला ठीक छैन् , विश्वभरि महामा’री फैलिएको छ । त्यसको प्रबाभ नेपालमा नपर्ने त कुरो भएन । सरकार आफ्नो सम्पूर्ण ध्यान, शक्ति, स्रोत-साधन लगाएर लागिपरेको छ भनेर मन बुझाउन सकिन्थ्यो, तर सरकार हाक्ने दलको शीर्ष नेताहरुको ध्यान यो महामा’री र यो महामा’री पछि उत्पन्न हुने समस्या सम्बन्धी केन्द्रित छैन । यो सरकार नेपालमा कोरोनाले कोही पनि मरेन’न् भनेर गर्व गर्दै छ तर भोकले म र्न तयार हुने जनताको हिसाब निकाल्न तयार छैन ।
बेरोजगारीले दिन सक्ने चरम पी’डा हटाउने योजना बनाउन तयार छैन। विदेशबाट फर्किने सम्भावना भएका लाखौँ मानिसलाई अब के गर्ने भन्ने योजना बनाउन तयार छैन। यो महामारी’मा सत्तारुढ दलको ध्यान कहाँ छ?
ए हजुर ! देशमा खाद्यान्नको अभाव हुन सक्छ। मेरो पद धरापमा पर्न सक्छ भनेर नकराउनुस् । देशमा रोजगारी नभए त मानिस खान नपाएर छट्पटीनछन्, के गर्ने हजुर? उहाँ राष्ट्रपति हुनुपर्ने छ नकराउनुस् ।
उद्योग व्यापार चौप’ट भयो कस्तो कार्यक्रम ल्याउने हजुर?
म पार्टी अध्यक्ष हुनुपर्नेछ नकराउनुस्।
पर्यटन क्षेत्र तहसनहस भयो प्रभावित भयो। कसरी उकास्ने ? मेरो मान्छे मुख्यमन्त्री हुनुपर्ने , नकराउनुस् ।
यो देशको प्राथमिकता सत्तामै रहेका सरकारमै बसेका नेताको प्राथमिकताले यो देशको भविष्य स्पष्ट पार्छ त्योपनि ब्ल्याक एण्ड ह्वाईट मा होइन, फूल कलर विथ हाई डेफिनेसनमा । महामारीमा कुर्सी बचाउने हत्याउने खेलाडीहरुलाई आदर्श मान्नुहुने जतिपनि महानुभावहरु हुनुहुन्छ मेरो तपाईंप्रति खेत छ ।
यो लड्ने बेला त हो तर कोरुना विरुद्ध, एकअर्काको विरुद्ध होइन भनेर एक स्वरमा बोल्नु पर्ने नेकपा कार्यकर्ताहरु ओली रहिरहे म खान्छु, माधव आए म खान्छु, प्रचण्ड आए म खान्छु भनेर दाँत तिखारेर मुख मिठ्याए र बसेका छन् ।
चिउरा चामल चाउचाउ बाँडेर 80 करोड सकेको सरकारले देशमा बाढी पहिरो आउँदा विपद व्यवस्थापनको हालत के होला? आफ्ना लागि सुनामी आए पनि फरक नपर्ने घरमा बसेर जनतालाई त्रिपाल र चिउरा बाहेकको विपद् व्यवस्थापन नदेख्नेले प्रत्येक जनताको भाग्य चोरेर खाएका छन् । तर अघाएका छैनन् ।
सामान्य सर्वसाधारणले कोही विकासमुखी तानाशाह नै भइदिए हुन्थ्यो बरु भन्न सम्म थालिसकेका छन् । सायद त्यही भएर केपी शर्मा ओलीले प्रदेश प्रमुख, मुख्य मन्त्री पनि आफ्नै गुटको, पार्टी आफ्नै, राष्ट्रपति आफ्नै, अख्तियार प्रमुख आफ्नै ,प्रधान न्यायाधीश आफ्नै, अन्य संवैधानिक निकाय आफ्नै बनाएर एक किसिमको विकासमुखी अघोषित तानाशाह बन्छु भन्ने सोचेका हुन सक्छन् ।
दुईतिहाइ बहुमत हर ठाउँमा आफ्नै मान्छे , गर्न चाहनेलाई त यही थियो । तर ओलीका आफ्ना मान्छे ले गरे चाहिँ के? तिनले विकासमा ध्यान केन्द्रित गरेकी पावरको चरम दुरुपयोग गरे? हो !
विकासलाई अघोषित तानशाह मोडलमा ओली गएका भए आज ओलीको पक्षमा जनसागर उर्लि रहेको हुन्थ्यो। दिनरात नभनी बिरामी हुँदा पनि यो देशका लागि यस्तो राम्रो काम गर्ने ओलीविरु’द्ध बोल्ने वा मोर्चाबन्दी गर्ने प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललाई जनताले लखेत्थे ।
तर दुई तिहाईको दम्भ देखाएर गोकुल बास्कोटाले नेपाली प्रेस र आलोचकलाई हेप्नु विधि हेपे । फलस्वरूप पुष्टी नै नभएको अपराध’को आरोपमा राजीनामा दिँदा पनि उनको पक्षमा कोही देखिएनन्। यही घटना’ मन्त्री प्रतिप ज्ञवालीमाथि भएको भए स्थिति फरक हुन्थ्यो । त्यसैले विनम्रता अनमोल हुन्छ ।
यदि होल्डिङ लाई देश नै सुम्पिनु पर्थ्यो? विष्णु पौडेल जी लाई एउटा पत्र काटेर स्पष्टीकरण समेत माग्न सक्नु भएन, तपाईंको सल्लाहकार कसैलाई छौंडा भन्ने कोही पाटी भित्रै धम्क्याउने, कहाँबाट ल्याउनुहुन्छ यस्ता नमुना हरु ?
ओपन इन्टर भ्यू गर्नुहोस् बालुवाटारमा तपाईंको लागि एक सय एक क्षमतावान मान्छेको लाइन लाग्छ । अर्को ओम्नी ग्रुप लाई पनि बचाउ ने, जनतालाई विभिन्न मु’द्दा लगाएर थुन्ने यही हो त जनताले खोजेको विकास मुखी तानाशाह ?…..
हेर्नुहोस् सम्पूर्ण भिडि’योमा
प्रतिकृया दिनुहोस्