सिन्धुपाल्चोकको मेलम्चीमा भी|षण बाढी र पहिरोले ठाउँ ठाउँमा क्ष`ति पुर्याएको छ ।मंगलबार साँझ आएको बाढीले जिल्लाका कतिपय ठाउँमा विद्युत् र खानेपानी अव|रुद्ध भएको छ । प्रहरी`ले मेलम्ची खाने`पानीको मुहानभन्दा ९ किलोमिटर माथि हेलम्बु–१ स्थित नाकोटे भन्ने ठाउँमा पहि|रो गएको जनाएको छ ।
हेलम्बुको तिम्बु बजारका कति|पय घरहरु बगाएको छ । प्रहरीले एक दर्ज`नभन्दा बढी हराएको अनु`मान गरेको छ । मेलम्ची खानेपानीको तिम्बुमा रहेको बाँध`मा क्षति पुगेको छ । तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजारमा बाढी पस्दा बगरजस्तो बनेको छ ।
बाढी र पहिरोले मेलम्ची बजार जोखि`ममा परेको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार मेलम्ची नदीमा आएको बाढीले हेलम्बुमा रहेका सशस्त्र, नेपाल प्रहरी र नेपाली सेना`को क्याम्प पनि बगाएको छ।
बाढीले नाकोते, तिम्बु, फट्टे, मेलम्ची` नवलपुर जोड्ने पुल बगाएको छ । बाहुनेपाटीमा बन्दै गरेको मध्यपहाडी लोकमार्गको पुलसमेत बगाएको छ । दोलालघाटसम्मका सम्पूर्ण पक्की पुल बगाएको छ । बेपत्ताहरूको खोजी शुरू गरिएको तथा क्षतिको अरूको विवरण संक`लन भइरहेको प्रह`रीले जनाएको छ । – खबर हब
प्रतिकृया दिनुहोस्