Tuesday, December 5

नारायणी नदी इतिहासकै उच्च विन्दुमा, खतराको बिन्दु पार गर्यो (भिडियो सहित)

June 16, 2021 4674

नारायणी नदीको सतह इतिहा`सकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको हो । सो समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रति`सेकेन्ड पुगेको थियो ।

नारायणी बेसिन कार्यालय भरतपुका हाइड्रो|लोजिस्ट राम`विकेश रायले कार्यालयले सन् १९६२ फेब्रुअरी १० देखि जलस्तर मापन शुरु गरेको बताउ|नुभयो । उहाँका अनुसा|र सन् १९७४ अगष्ट ५ मा नारायणीको जलस्तर १० दशम`लव एक मिटर र १५ हजार ३०० घनमिटर प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो ।

सोही १० दशमलव एक मिटर|लाई विग`तमा उच्च विन्दु मानिँदै आएको थियो । सो विन्दुको रेकर्ड गए राति तोडिएको उहाँले जान|कारी दिनुभयो । रायले भन्नुभयो, “सन् १९६२ यताकै सबै`भन्दा बढी गए राति मापन गरिएको छ ।” यस|बीचको अवधिमा सन् २०१८ को बर्सा`तमा १४ हजार घनमिटर प्रति`सेकेण्ड बहाव र तह नौ दशमलव छ मिटर रहेको उहाँले जानकारी दिनुभयो ।

सन् १९६३ देखि हालसम्मको तथ्याङ्क`लाई हेर्दा नाराय`णीको शिरतर्फका क्षेत्रमा सबैभ`न्दा बढी पानी यस वर्ष परेको देखिन्छ । सन् २०१३ मा १३ हजार घन|मिटर प्रतिसेकेण्ड नारा|यणीको बहाव मापन भए|को थियो ।

नाराय|णी नदीको खत|राको तह आठ मिटर र बहाव नौ हजार ९९२ घनमिटर प्रतिसेकेण्ड रहेको छ । यसको चेतावनी तह सात दशमलव तीन मिटर र आठ हजार ४६० घनमिटर प्रति`सेकेण्ड रहेको छ । भिडियो हेर्ने यहाँ थिच्नुहोस्

प्रतिकृया दिनुहोस्