कुकुरलाई सबै`भन्दा इमान्दार जनावर मानिन्छ । चीनमा यो भनाईलाई पुष्टि गर्ने घटना सार्व`जनिक भएको छ । ऊहानमा ७ वर्षको कुकुर शिआ`ओ बाओ चर्चामा छ । उसले तीन महिनादेखि कोरोनासँग जुधिरहेका आफ्नो मालिक`लाई ऊहान अस्प`तालमा प्रतिक्षा गरिरह्यो ।
उसको मालिकको मृ`त्यु अस्प`ताल भर्ना भएको ५ दिनपछि भएको थियो । तर यो कुराबाट बेखबर शियाओ अस्प`तालको लबीमा तीन महिनासम्म मालिकलाई भेट्ने आशा`मा प्रतिक्षा गरिरह्यो ।
डेली मेलका अनुसार शिआओ अस्पता`लमा मालिकको प्रतिक्षा गरि`रहेका बेला अस्पतालका कर्मचारीले उसलाई खाना खुवाए । १३ अप्रिलमा जब ऊहानमा लकडाउन हट्यो र बजार खुल्ला भयो तब एक पसलेले उसलाई अपनाए ।
पसले वू कुइफेनका अनुसार अप्रिल`को मध्यमा उनी अस्पताल`बाट बाहिर निस्किरहेका बेला उनले उक्त कुकुरलाई देखेका थिए । उनले भने, ‘त्यतिबेला मैले यस`लाई शियाओ बाओ नामले बोलाएँ । यसरी नै उसले नाम पायो । अस्प`तालका कर्म`चारीले मलाई शिआओका मालिक एक वृद्ध पेन्सनर भएको बताए जो कोरोनाद्वा`रा संक्रमित थिए ।’
वू भन्छन्, ‘मेरो शिआओ`सँग एउटा परिवारको जस्तो सम्बन्ध छ । जब म पसल खोल्छु, ऊ यहाँ आइहाल्छ । यसलाई मैले धेरैपटक अर्को ठाउँमा पनि राखिदिएँ तर ऊ फर्केर आइ`हाल्छ । शिआओ अब मलाई छोडेर जान चाहँदैन ।’
२० मे मा शिआओ तायकाङ्ग अस्प`ताल पुनः पुगेको थियो, त्यति`बेला त्यहाँ बिरामीको अत्यधिक भीड थियो । अस्पतालका कर्मचारीले शिआओबारे थुप्रै असन्तुष्टि सुन्नपर्यो तसर्थ ऊहानमा जनावरको रेख`देख गर्ने सरकारी संस्थासँग सम्पर्क गरियो । संस्थाका सदस्य आएर शिआओलाई लगे । त्यहाँ उसको हेर`विचार गरियो र नस`बन्दी पछि उसलाई फिर्ता छोडिएको छ ।
प्रतिकृया दिनुहोस्