अविरल वर्षा पछि गएको पहिरो पछी मेलम्ची नदीमा आएको भीषण बाढीका कारण सिन्धुपाल्चो`कको हेलम्बु र मेलम्ची क्षेत्र`बाट कैयौँ मानिस`हरू विस्थापित भ`एका छन । बाढी`ले सैयौ घर पुरेको छ भने खेत पुरै बगरमा परिणत भएको छ।
जिल्ला प्रशासन कार्या`लयका अनुसार बाढीमा परि कम्तिमा २० जना बेपत्ता भएका छन् । बेपत्ता हुने मध्य मेलम्ची खानेपानी आयो`जनामा कार्यरत चिनिया र भारतीय नागरि`क पनि परेका छन ।
बाढीबाट बाचेकाहरु धेरै जसोको घर र जमिन सबै लगेपछि अहिले सडकको बास भएको छ । बिपत्तिमा परेका स्थानीय`हरुले सहयोगको आशा गरेका छन ।
त्यस्तै बाढीले झोलुंगे र पक्कि पुल पनि बगाएको छ । बाढीमा फसेका स्थानीयहरुलाई नेपाली सेनाको हेलिकप्टरले उद्दार गरेको थियो । अहिले सबै जना सुरक्षित स्थानमा स्कुल भवनमा सेल्टर लिएका छन । बाढी भने अझै नरोकिए`को स्थानीय बताउ`छन।
यसै बीच लोक`प्रिय कार्यक्रम इन्द्रेणीका कृष्ण कंडेल मेलम्ची`को स्थलगत निरीक्षण गर्न पुगेका छन । उनले बाढी पिडि`तसंग दुख बुझेका छन। धेरैले आफ्नो आफन्त गुमाउ`दाको पि`डा पोखेका छन।
प्रतिकृया दिनुहोस्