Wednesday, November 29

खो`प लगाउनुहोस्, एउटा कार उपहार लिएर जानुहोस् ! यो देशले गर्यो अचम्मको अफर

July 9, 2021 1476

संक्र`मणको महामारी रोक`थामका लागि विश्वभर खो`प अभियान प्रयोग भइरहेको छ। खो|पका लागि सर्वसाधारणको चासो बढाउन विश्वमा अनेकौ उपाय अपनाइएको छ । खो`प लगाउनेलाई विभिन्न पुरस्कारको ब्यवस्था गरिएका छन् ।

तर रसियामा भने निकै आकर्षक अफर छ । रसियाले आफ्नो देशका नागरिकहरूलाई खो`पका लागि प्रोत्साहन गर्न अनौठो अफर गरेको छ । रसियामा सर्वसाधारणले खो`पका लागि चासो नदेखाए`पछि १० लाख मुल्य पर्ने कार अफर गरेको छ ।

मस्कोका मेयर सर्गेई सोब्यानिनले आइतवार घोषणा गरेर खो`प लगाउनेहरुलाई १० लाख मुल्य पर्ने नयाँ कार सित्तैमा दिने बताएका छन् । यसको साथसाथै उनले आशा व्यक्त गरे कि यसले खो`पको दरमा सुधार ल्याउनेछ । सित्तैमा महंगो कार पाउने भएपछि मानिसहरु खो|प लगाउन आउने आशा गरिएको छ ।

मेयरको घोषणा अनुसार १८ वर्ष भन्दा माथिका कोही पनि ब्यक्ति १४ जुनवाट पहिलो खो`पको डो`ज लगाउँछ भने त्यो यो उपहारको योजनामा पर्नेछ । यो खो`प लिन मानिसहरूलाई आकर्षित गर्ने यो अनौठो योजना जुलाई ११ सम्म चल्नेछ। अर्को चार हप्तामा, कम्तिमा ५ कारहरू प्रत्येक हप्ता लकी ड्रमा प्रदान गरिनेछ।

मास्को मेयरको पहलमा करिब २० वटा कार दिइने सम्भावना छ मानिसहरूलाई खो|प केन्द्रहरूमा लैजान यो निकै आक`र्षक उपहार मानिएको छ ।

मस्को रसियामा सबैभन्दा बढी प्रभावित शहरहरू मध्ये एक हो। मेयरले भने कि मस्कोले बिरामीहरूका लागि हजारौं अस्थायी अस्पता`लहरु निर्माण गरिए`का छन् । बासिन्दाहरूलाई भाइरसको फैलावट रोक्न सहयोगको लागि यस हप्ता घर|भित्रै बस्न भनिएको छ ।

तर यो अस्थायी समाधान भन्दै मेयरले खो`पका लागि सबैलाई आग्रह गरेका छन् । उनले एक ब्लग लेख्दै यस्तो आग्रह गरेका हुन् ।

प्रतिकृया दिनुहोस्