अहिले संसारमा फैलि`रहेको कोरोना भाइरस महा|मारीका कारण करो`डौँ मानिसहरुले आफ्नो जागिर तथा व्यवसाय गुमाएर बेरोज`गार बनिरहेका छन् । तर मानिस|हरुले रोज|गारी गुमाइरहेको यो मौकामा अष्ट्रेलियामा चाहिँ एउटा बिरा`लोले गज्जब`को जागिर पाएको छ ।
कसैकोमा पनि नपा`लिएको अर्थात् भुस्याहा वा छाडा अवस्था`मा रहेको एक बिरालोलाई अष्ट्रेलियाको एपवर्थ अस्प`तालले सुरक्षा गार्डको जागिर दिएको हो ।
रिपोर्ट अनु`सार उक्त बिरालोको नाम एलउड हो । उसलाई रिचम`ण्ड सहरस्थित एपवर्थ अस्प`तालले सेक्योरिटी गार्ड`को रुपमा भर्ना गरी काममा खटाएको छ ।
अस्प`ताल प्रशासन उक्त सुर`क्षा गार्ड बिरालोलाई बकाइ`दा एउटा परिचयपत्रसमेत दिएको छ, जसमा उसको फोटो, उसको नाम तथा कामसमेत उल्लेख छ । ड्युटी`मा रहेको बेला एलउडले उक्त परिचयपत्र आफ्नो घाँटी`मा भिर्ने गर्दछ ।
एपवर्थ अस्पतालमा प्याथो`लोजिष्टको काम गरिरहेका च्यान्टेल ट्रोलिपका अनुसार उक्त बिरालो पछिल्लो एक वर्षदेखि अस्प`तालको मुख्य गेटको आस`पास यत्तिकै घुम्ने गर्दथ्यो । सो बिरालो कसैले पालेको बिरालो नभएको हुँदा त्यसको बस्ने ठेगान पनि थिएन । दिनहुँ अस्प`तालको मुख्य गेटमा आएर यता`उता गर्ने उक्त बिरालो`माथि अस्पता`लका कर्मचारीको नजर पर्यो । त्यसपछि त्यसलाई अस्प|तालले नै पाल्ने र सुरक्षा गा|र्डका रुपमा खटाउने आइडिया फुर्यो ।
सुर`क्षा गार्डको रुपमा भर्ना गरिएको एलउडले तलब कति पाउला ? उसलाई कुनै नगद तलब भत्ता दिनु पर्दैन । मिठो–मिठो खानेकुरा, मज्जाको हेरचाह र बसोबास नै उसको तलब हो ।
प्रतिकृया दिनुहोस्