Thursday, December 7

खोलाले बगाएर बेप`त्ता भएका अधिकारी मृता`वस्थामा फेला

June 18, 2021 496

खोलाले बगाएर बेपत्ता भएका सन्धिखर्क नगरपालिका–५ का ६७ वर्षीय चोलानाथ अधिकारी मृ`तावस्था फेला परेका छन् । अधि`कारीको श`व रिङ्गदीस्थित बलेवाको बाँसमा अड्किएको अवस्थामा फे`ला परेको जिल्ला प्र`हरी कार्यालयका प्रह`री निरीक्षक सुजनविक्रम शाहले जानकारी दिनुभयो ।

बुधबार दिउँसो मथुरा खोलाले बगाएर बेपत्ता भएका अधिकारीको श`व बिहीबा`र फेला परेको थियो । श|व परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

महाकालीमा पानीको सतह बढ्न थालेपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महाकाली नदीमा पानीको सतह बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सतर्कता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गरी दार्चुलाको दत्तु बाढीमा`पन केन्द्रमा महाका`लीमा जलसतह ५.८० मिटर र डडेल्धुराको परिगाउँमा ३.५० मिटर पुगेकाले सतर्कता अपनाउन यहाँको भीमदत्त नगरपा`लिका–११, १२ र १३ का नागरिकका साथै दोधारा चाँ|दनी क्षेत्रमा समेत आग्रह गरेको हो ।

सो क्षेत्रमा जोखिम आकल`न गरी सो क्षे`त्रमा नगई सुरक्षित स्थानमा रहन सूचना जारी गरिएको हो”, जिल्ला प्रशासन कार्याल`यका प्रशासकीय अधि`कृत पदमराज भट्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रशासनले जिल्ला`का विपत्का कुनै घट`ना भए त`त्काल जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रमा सम्पर्क गर्न अनुरोध गरेको छ । त्यसैगरी महाकाली नदीमा पानीको बहाव बढेपछि दार्चुला प्रशासनले समेत सूचना जारी गरी सतर्कता अपना`उन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्