Saturday, October 16

आखिर नायक अक्षय कुमारको पुत्ला किन जला`इयो ? यसरी अक्षयकुमार विवादमा तानिदै छन्..

June 18, 2021 755

चन्डीगढमा अभि`नेता अक्षय कुमारको पुत्ला जला`इएको छ। अक्षय`कुमार अभिनित फिल्म ‘पृथ्वीराज’ फिल्मको टाइटल वि`वादले गर्दा वि`रोधमा उनको पु`त्ला जलाइएको हो ।

अखिल भार`तीय क्षेत्रीय महासभाका सदस्यले फिल्मको टाइटल परिव`र्तन गर्न माग गरेका छन् । यो संगठनले करणी सेनाले भने जस्तै राजाको पुरा नाम ‘सम्राट पृथवीराज चौहान’ टाइट`लमा राख्न माग गरेको छ ।

एक महिना पहिले कर|णी सेनाले फिल्मको टाइटल परिवर्तन गरेर राजाको पुरै नाम राख्न भनेको थियो । कर`णी सेनाले भनेको थियो ‘फिल्म महान राजपुत राजामा आधारित रहेको छ ।

शीर्षकले यो तथ्य`लाई दर्शाउँदै । सिर्फ पृथ्वीराज राख्नु अन्तिम हिन्दु शासकको अपमान हो ।’ क`रणी सेनाले फिल्म रिलिज अगाडि आफुहरु`लाई देखाउन समेत भनेको छ ।

कर`णी सेनाका युवा विङ्ग के अध्यक्ष तथा फिल्म मेकर सुरजी`त सिंह राठौरले भने, ‘फिल्म युनिटले हाम्रो सल्लाह नमाने परिणाम पनि भोग्नुपर्छ । फिल्म ‘पद्यावत’ को दौरानमा सञ्जय लीला भंसालीको जस्तै परिणाम भोग्न यो फिल्मका निर्माता पनि तयार` हुनुपर्छ ।’

‘पृथ्वीराज’ यशराज फिल्मको पहिलो ऐतिहासिक फिल्म हो । फिल्मको परिकल्पना ‘चाणक्य’ नामक दुरदर्शन धारावा`हिक बनाउने निर्देशक चन्द्र प्रकाश द्धिवेदीले गरेका हुन् । सञ्जय दत्त र सोनु सुद पनि फिल्मको महत्वपूर्ण भूमिका`मा रहेका छन् ।

प्रतिकृया दिनुहोस्