Thursday, December 7

अब थपिने निषेधाज्ञा अहिलेको भन्दा खुकुलो, यस्तो हुनेछ अबको लक डाउन

June 20, 2021 1116

मङ्गलवार`देखि निषेधाज्ञा खुकुलो बनाउँदै आर्थिक क्षेत्र चलाय|मान गराउने सरकारको तयारी छ । कोभि`ड–१९ सङ्कट व्यवस्थापन समिति (सीसीएमसी) को बैठकले आर्थिक क्षेत्र चलाय|मान बनाएर कोरोना सङ्क्रमण घटाउने रणनीति बनाएपछि जिल्ला प्रशासन कार्या`लयहरुले यसै|अनुसारको तयारी गरेका छन् ।

‘अबको निषेधाज्ञा वैज्ञा`निक, व्यावहारिक र व्यवस्थित खालको हुन्छ’ ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी`प्रसाद निरौलाले उज्यालो`सँग भन्नुभयो, ‘अब निषे`धाज्ञा थपिँदा अहिलेको भन्दा खुकुलो बनाउने सोच छ । नागरिकले मेरै लागि हो भनेर अपनत्व मह`सुस गर्ने गरी जन`स्वास्थ्यका मापदण्ड पनि पालना गर्ने र आफ्नो दैनिक काम गर्न सक्ने गरी निषे`धाज्ञाका प्राव`धान राख्न सकिन्छ ।’

अब ‘स्मार्ट लकडाउन’ हुने भनेर भनिए पनि यसबारे थाहा नभएको उहाँले बताउनुभयो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पनि ‘स्मार्ट लकडाउन’बारे जानकारी नआएको तर अबको निषेधाज्ञा अहिलेको भन्दा केही खुकुलो हुने जानकारी दिनुभयो ।

सङ्क्रमण फैलिएको क्षेत्रलाई लक्षित गरी पीसी`आर परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, उपचार कार्य र स्वास्थ्य माप|दण्ड प्रभाव`कारी बनाउने प्रावधानलाई ‘स्मार्ट लकडाउन’ भन्ने बुझिए पनि सीसीएमसीमा छलफल भएको यो विषयबारे सर|कारी निका`यहरु नै बेखबर छन् । तर पनि अब थपिने निषे`धाज्ञामा आर्थिक गतिविधि`लाई बिस्तारै सञ्चा`लन गर्न दिने र जनजीवन सहज बनाउँदै लैजाने तयारी छ । तर स्वास्थ्य मापदण्डको पालनामा भने क`डाइ गरिने छ ।

सीसीएम`सी प्रमुख बालानन्द शर्माका अनुसार ‘स्मार्ट लकडाउन’ कस्तो हुने भनेर छलफल भइरहेको छ । तर सबैजसो आर्थिक क्षेत्र चलायमान हुने उहाँले बताउनु`भयो । लकडाउन, लुज लकडाउन, निषेधाज्ञा, खुकुलो पारिएको निषेधाज्ञा भनेजस्तै ‘स्मार्ट लकडाउन’ पनि एउटा मोडालिटी हो । झण्डै दुई महिना लामो निषे`धाज्ञाले गरिखाने वर्ग र अर्थतन्त्रमा समेत ठूलो असर पारे|काले अहिले भइरहेको निषेधाज्ञाको मोडालिटी परि`मार्जन गरी लागू गर्न लागिएको उहाँको भनाई छ ।

उदाहरणका लागि अहिले अत्यावश्यकबाहेक अरु सबैजसो क्षेत्र बन्द छन् । तर अब सबैजसो क्षेत्र खुल्नेछन् । तर ती क्षेत्रलाई दिन तोकेर वा बार अनुसार वा समय तोकेर खुलाइनेछ । जस्तै सरकारी कार्यालय हप्तामा तीन दिन खुलाउन सकिन्छ ।
आइतवार कार्यालय खुले अर्को दिन बिदा हुनेछ । त्यस्तै गाडीहरु एकै पटक सबै चल्ने छैनन् । थोरैथोरै सङ्ख्याका आधारमा चलाउँदै लैजानेबारे छलफल भइरहेको छ । एकैपटक जोर बिजोरमा जाँदा भएकामध्ये आधाजसो गाडी गुड्ने भएकाले अब सङ्ख्याका आधारमा खुलाउने तयारी छ ।

अहिले बिहान ११ बजेसम्म फलफूल तथा खाद्यान्न पसल खुलेका छन् । यसलाई ९ बजेसम्म या ११ बजेसम्म नै निरन्तर खुलाउने र ११ बजेपछि अरु पसलहरु खुला`इने तयारी छ । निषे`धाज्ञाको अवस्थालाई मूल्याङ्कन गरी त्यसपछि अहिले ठप्प रहेका केही क्षेत्रहरु खुला हुनेछन् । ती खुल्ने क्षेत्रको पहिचान र कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर छल`फलकै क्रममा छ ।

हाेमडेलिभरी तथा अनलाइन सपिङलाई प्राथमिकतामा राखिएको छ । जुनसुकै क्षेत्र खुले पनि स्वास्थ्य मापदण्ड क`डाइका साथ पालना गर्नुपर्ने सर्त कायम रहनेछ । अहिले सबैले पालना गर्दै आएको मास्क लगाउने, भीडभाड नगर्ने तथा दूरी कायम गर्ने, स्यानि`टाइजर प्रयोग गर्ने जस्ता न्यूनतम जनस्वा`स्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । कोरोना सङ्क्रमण जोखिमका कारण अघिल्लो वर्ष झण्डै चार महिना लामो लकडाउन भएको थियो । त्यसपछि लक`डाउनको मो`डालिटी परिवर्तन गर्दै सङ्क्रमण न्यूनीकर`णको प्रयास हुँदै आएको थियो ।

काठमाण्डौ उपत्य`काका तीन जिल्ला`सहित विभिन्न जिल्लामा पछिल्लो पटक थपिएको निषेधाज्ञा सोमवार`देखि सकिँदैछ । पछिल्लो पटक थपिएको निषेधा`ज्ञामा किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु र ग्यासका पसल बिहान समय तोकेर खोल्न यसअघि दिइएको छ । यसै गरी गाडी मर्मतका लागि वर्कस`पहरु स्वास्थ्यका माप`दण्ड अपनाएर खोल्न दिइएको छ । निजी तथा सार्वजनिक निर्मा`णको क्षेत्रमा काम गर्न यसअघि नै खुला गरिएको थियो ।

वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञाको दुई महिना बितेको छ । जिल्ला प्रशासन कार्यालयहरुले पछिल्लो हप्तामा चरणब`द्धरुपमा निषेधका क्षेत्रहरुलाई घटाउँदै ल्याएका छन्। यस अवधिमा सङ्क्रमण दर घटे पनि जोखिम कायमै रहेको स्वास्थ्य विज्ञहरूको भनाइ छ । – उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस्