रूपा सुनारले घर`भाडा माग्न जाँदा जाती`य वि`भेद गरेको भन्दै उजु`री दिएपछि घरबेटी पक्रा`उ परेकी छन् । काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले आइतबार पक्रा`उ गरेको हो ।
वृत्तका प्रमुख प्रह`री नायब उपरीक्षक हरिबहादुर सिंहका अनुसार प्र`हरीले घरबेटीवि`रूद्ध गत शुक्रबार नै जिल्ला अदा`लतबाट पक्रा`उ अनुमति लिएको थियो । रुपाले घरबेटी प`क्राउ परेकोबारे पुष्टि गरेकी छन् ।
गत मंगलबार बबरमहलमा आमासँग बस्दै आएकी सञ्चारकर्मी समेत रहेकी रूपा कोठा खोज्न जाँदा थरका कारण आफूले कोठा नपाएको बताएकी थिइन । रूपा इमेज टेलिभिजनको उकाली ओराली कार्यक्रमकी प्रस्तोता हुन् ।
रूपाले आफूमाथि जातीय विभे`द भएको भन्दै बिहीबार प्रहरी वृत्तमा जा`हेरी दिएकी थिइन् । प्रहरीले घरबेटीविरू`द्ध जातीय भेदभाव तथा छुवा`छूत मु`द्दाको दफा ४ को उपदफा ३ बमोजिम जाहेरी दर्ता गरेको थियो । – न्युज२४ नेपाल
प्रतिकृया दिनुहोस्