भारतीय अभिनेता इरफान खानको उपचारका क्रममा बुधबार बिहान ५४ वर्षको उमेरमा मृ त्यु भएको छ । स्वास्थ्यमा सम’स्या देखिएपछि मंगलबार मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका इरफानको बुधबार मृ त्यु भएको ‘द हिन्दूस्तान टाइम्स’ले जनाएको छ ।
इरफानले अभिनय गरेको फिल्म ‘पिकु’का निर्माता/निर्देशक सुजीत सरकारले पनि ट्वीटमार्फत उनको मृ त्युको समाचार पुष्टि गरेका छन् ।मंगलबार इरफानका परिवार”ले पनि आधिकारिक रुपमा केही जानकारी दिएका थिएनन् ।
तर, इरफानका एक प्रवक्ताले भने उनलाई अस्पता’ल भर्ना गरिएको पुष्टि गरेका थिए । उनले भनेका थिए, ‘हो, इरफान खानलाई मुम्बईको कोकिलाबेन अस्पताल भर्ना गरिएको छ । उहाँलाई कोलोन इन्फेक्स’न भएको छ । हामी उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिइरहनेछौं ।
अहिले उहाँ चिकित्सकको निगरानी’मा हुनुहुन्छ । उहाँको शक्ति र साहसका कारण अहिलेसम्म यो रोग’सँग ल’ड्दै आउनु भएको छ । हामी विश्वस्त छौं कि उहाँको अपा’र इच्छा शक्ति र उहाँ’लाई माया गर्ने सबैको प्रार्थनाले चाँडै नै निको हुनुहुनेछ ।
गत वर्ष लन्डनमा उपचार गराएर फर्केपछि इरफान मुम्बईको कोकिलाबेन अस्पतालकै डाक्टरको निगरानीमा नियमि’त रुपमा स्वास्थ्य जाँच गराइरहेका थिए । ‘अंग्रेजी मिडियम’ छायांकनका बेला पनि उनको स्वास्थ्य’मा समस्या’ आएको बताइएको थियो । उनको स्वास्थ्य अवस्था’का कारण केही समय छायांकन पनि रोकिए’को थियो ।
गत शनिबार बिहा’न मात्र उनकी आमा सइदा बेगमको ९५ वर्षको उमेरमा नि धन भएको थियो । कोरोना भाइरस संक्रम’ण रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउन’का कारण उनी आमाको अन्तिम संस्कारमा जान पनि पाएका थिएनन् । उनी भिडि’यो कन्फरेन्समार्फत आमाको अन्तिम संस्का’रमा सहभागी भएको हिन्दुस्तान टाइम्स’ले जनाएको छ ।
५४ वर्षीय इरफान खान न्यूरो’एन्डोक्राइन ट्युम’रबाट ग्रसि’त थिए । उनी यसको लन्डनमै उपचार गराइरहेका थिए । सन् २०१८ को मार्चमा उनमा यो रोग देखिएको आफैले ट्वीट’मार्फत बताएका थिए । – ईकान्तिपुर
प्रतिकृया दिनुहोस्