Monday, January 18

पार्किङ गरेर राखेको बसभित्र मध्यरातमा युवायुवती भेटिएपछि…

April 30, 2020 2264

पार्किङ गरिएको बसभित्र ४ जना युवायुवतीलाई प्रहरी’ले प क्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-४ उत्तरवेहडीमा पार्किङ गरेको बसभित्र मंगलबार मध्यरातमा प्रहरीले प क्राउ गरेको हो।

धनगढीका २४ वर्षीय दिलिप थापामगर र टीकापुरका १९ वर्षीय राम चौधरीसहित ४ जना युवायुवती प क्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षबहादुर बस्नेतले जानकारी दिए ।

‘बसभित्र हल्ला भएपछि स्थानीयले प्रहरीलाई खबर गरेको सूचनाको आधारमा प’क्राउ गरिएको प्रहरी नायव उपरीक्षक बस्नेतले भने

प्रहरीका अनुसार प’क्राउ परेका चार जनामध्ये एकजना सोही बसका सह-चालक हुन् भने अर्का युवा उनका साथी हुन् । दुई जना युवतीले भने आफूहरु मंगलबार मात्रै काठमाडौंबाट आएको प्रहरी’लाई बयान दिएका छन् ।

प्रहरी नायव उपरीक्षक बस्नेतले उनीहरुका अभिभावकलाई बोलाएर कारवाही’को प्रक्रि’या अगाडि बढाउने जानकारी दिए। – अन्नपुर्ण पोस्ट

प्रतिकृया दिनुहोस्