Thursday, December 7

सर्वोच्चको आदेशपछि झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

June 22, 2021 1095

सर्वोच्च अदा|लतले प्रधान`मन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पद`मुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालु`वाटार पुगेका छन्।

जनता समाज`वादी पार्टीको महन्थ-राजेन्द्र समूह, नेकपा माओवादी केन्द्र छोडेर आएका र नेकपा एमालेका नेता|हरूलाई प्रधान|मन्त्री ओलीले जेठ २१ र २७ गते मन्त्रि`परिषद् विस्तार गरेका थिए।

अधिवक्ता दिनेश त्रिपाठीले उक्त मन्त्रि|परिषद् बिस्तार असंवैधानिक भन्दै सर्वोच्चमा रिट दिएका थिए।उक्त रिटको सुनुवाइ गर्दै मंगलबार प्रधानन्या`याधीश चोलेन्द्र|शमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इज`लासले पछिल्लो समय नियुक्त भएका २० मन्त्री पदमुक्त हुने आदेश दिएको हो।

यो आदेशपछि प्रधानमन्त्रीले सबै मन्त्री`लाई छल|फलका लागि बालुवाटार बोलाएका हुन्। प्रधानमन्त्रीले बोलाएपछि मन्त्रीहरू पद गुमेसँगै गाडीमा झन्डा छोपेर बालुवाटार पुगेको वालु|वाटार स्रोतले सेतोपाटीलाई जानकारी दियो।

प्रधानन्या`याधीश राणा र न्याया`धीश ढुंगानाको इजलासले प्रतिनिधि सभा विघटन भइसकेपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्न पाउने संवैधानिक व्यवस्था कहिँकतै नभएकाले प्रधान`मन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तार सं|विधान अनुकूल नभएको र मर्मवि`परीत भएको ठहर गरेको थियो।

सर्वोच्च अदा`लतले जेठ ८ को प्रतिनि|धिसभा विघट|नपछि भएको मन्त्रिपरिषद् विस्तारको निर्णय खारेज गरेसँगै १७ मन्त्री र ३ राज्यमन्त्री स्वतः पदमुक्त भएका छन्।

प्रधानमन्त्री केपी ओली|ले जेठ ७ गते प्रतिनि`धिसभा विघटनपछि जेठ २१ गते जसपा`बाट ८ मन्त्री र २ राज्य`मन्त्री थपेका थिए भने २७ गते ७ मन्त्री र एक राज्यमन्त्री थपेर पूर्णता दिएका थिए। – सेतोपाटी (फाइल तस्बिर)

प्रतिकृया दिनुहोस्