Saturday, September 18

बैठकमा सहभागी हुन जाँदै गर्दा भिरबाट लडेर वडा सदस्यको मृ`त्यु

June 23, 2021 828

भिरबाट लडेर घाइ`ते भएकी भेरी नगर`पालिका–२ का वडा`सदस्य सुशीला नेपालीको उप`चारका लागि अस्प`ताल लैजाँदै गर्दा गए राति नि`धन भएको छ ।

भेरी–२ डिंगा घरबाट बाहुन|थानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उनी लडेर घा|इते हुनु भएको थियो।

घा`इते नेपालीलाई उ`पचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्या`न गएको नगरपालिकाका प्र`वक्ता पार्वती विकले बताउनु भएको खबर न्युज२४ नेपालमा छ । (फाइल तस्बिर)

अर्काे समाचार… मनाङको नाचैमा खाद्य सङ्कट

मनाङको नासो गाउँपालिका –२ नाचैमा खाद्य सङ्क`ट भएको छ । असार ४ गते परेको भीष`ण वर्षाका कारण सबै क्षेत्रबाट सम्वन्ध विच्छे|द भएपछि नाचैमा खाद्य सङ्क`ट आएको हो ।

नाचैमा खाद्य सङ्क`टका कारण १ सय ८२ नागरिकलाई छाक टार्ने सम`स्या भएको छ । गत मङ्गलबार परेको वर्षासँगै मर्स्याङ्दी आएको बाढी|पहिरोले नासो गाउँपालिकाको वडा नम्बर २ नाचै बाहेक आठै वडा पूर्णरुपमा क्ष|ति पुर्याएको छ ।

बाढी`पहिरो पी|डितका लागि त विभिन्न निकायबाट खाद्यान्नको व्यवस्था भइरहेको छ । तर, सुरक्षित रहेका नाचैका नागरिक बाढीपहिरो होइन खाद्यान्न पीडित हुन पुगेको वडा नम्बर– २ का वडाध्यक्ष भीमबहादुर गुरुङले बताए ।

वडाध्यक्ष गुरुङले भने, “छिमेकी वडाहरु बाढीपहिरोले क्षतिग्र|स्त छन्, एक स्थानबाट अर्को स्थानमा जान सम्भव नै छैन, नाचैका नागरिक नाचैमा मात्र सीमित छ, दैनिक उपभोग्य वस्तुसामग्री ढुवानी गर्न पाएको छैन, भएको खाद्यान्न सकिँदै गयो, नाचै खाद्य संक`टमा पर्यो ।”

खाद्यान्न ढुवानीका लागि वर्षाले बाटोघाटो प्रभावित हुँदा नाचै क्षेत्रका बासिन्दा अहिले खाद्य सङ्क`टको चपे`टामा परेका हुन् । हातमा पैसा हुँदासमेत यहाँका नागरिकले खाद्यान्न किन्न नपाउने अवस्था सिर्जना भएको छ ।

प्रतिकृया दिनुहोस्