Thursday, December 7

आजबाट अन्तराष्ट्रिय उडान सुरु, यस्तो छ उडान तालिका…

June 24, 2021 1020

सरकारले भोलि (बुधबार)देखि अन्तर्राष्ट्रिय र १७ असारबाट आन्त`रिक ह्वाई उडान गर्ने तालि|का सार्व`जनिक गरेको छ । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको तालिका अनुसार भोलिदेखि नै अन्त`र्राष्ट्रिय र १७ असार|बाट आन्तरिक कूल उडानको ५० प्रतिशत ह्वाई उडान गर्न लागेको छ ।

आन्तरिक उडानतर्फ भनेको तोकिए|को उडान संख्या`बमोजिम १ जुलाई अर्थातः १७ असारबाट नियमित उडान हुने मन्त्रा`लयले जनाएको छ । एक हप्ताको अवधि`भित्र टिकेटिङ, उपत्यका बाहिर रहेका वायुसेवा कम्पनीका कर्मचारी|लाई उपत्यका फर्कने समय व्यवस्था`पन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय ह्वाई उडान`तर्फ भने भोलि २४ तारि`खदेखि नै उडान भर्ने तालिका मन्त्रालयले जारी गरेको छ । मन्त्रालयले जारी गरेको सूचना अनुसार २४ जुलाईमा नेपाल एयर`लाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछ ।

२५ जुनमा नेपाल एयरलाइन्सको जहाजले जापानका लगि उडान भर्नेछ । यसै दिन एयर इण्डियाको जहाज दिल्लीबाट काठमाडौं आउनेछ ।

२६ जुनमा कतार एयरवेजको जहाज दोहाबाट काठमाडौं आउनेछ । त्यसै दिन टर्की एयरलाइन्सको जहाज इस्तानबुलबाट काठमाडौं आउने तालिका रहेको छ । यो दिन एयर अरेवियाको जहाज आबुधावीबाट काठमाडौं आउने उडान तालिका सार्वजनिक गरेको छ ।

२७ जुनमा नेपाल एयरलाइन्सले दोहा उडान गर्ने भनिएको छ । उक्त दिन हिमालय एयरलाइन्सले क्वालालाम्पुर र दुबईमा एक÷एक उडान गर्नेछ । त्यसै दिन कतार एयरवेज दोहाबाट काठमाडौं, र जजिरा एयरवेज कुवेतबाट काठमाडौं आउने तालिका रहेको छ ।

२८ जुनमा नेपाल एयरलाइन्स दुबई जाने तालिका रहेको छ । त्यसै दिन हिमालय एयरलाइन्सले साउदीको दमाममा उडान गर्ने भनिएको छ ।

त्यसै दिन कतार एयरवेजले दोहा`बाट उडान गर्ने भएको छ। २९ जुनमा नेपाल एयरलाइन्स दोहा जाने तालिका रहेको भने त्यसै दिन टर्कीबाट टर्किस एयर`लाइन्स नेपाल आउने भनिएको छ ।

२९ जुनमै फ्लाई दुबई दुबई|बाट काठमाडौं र ओमान`बाट सलाम एयरको जहाज काठ|माडौं आउनेछ । ३० जुनमा नेपाल एयरलाइन्सले दुबई, हिमालय एयर|लाइन्सले दमाम, कतार एयरवेजले दोहा र जजिरा एयरवेजले कुवेतबाट उडान गर्ने गरि तालिका सार्वजनिक भएको छ । – न्युज२४नेपाल

प्रतिकृया दिनुहोस्