दक्षिण अफ्रिकाकी एक जना महिलाले यसै महिनाको सुरुमा १० वटा बच्चा जन्माए`को दाबी असत्य रहेको एउटा आधि|कारिक अनु|सन्धानले पत्ता लगाएको छ। खाउटेङ् प्रान्तका कुनै पनि अस्प`तालमा त्यसरी बच्चा जन्मिएको अभिलेख नरहेको प्रान्ती|य सरकारले जनाएको हो। स्वास्थ्य परीक्षणले गोसियामे थमारा सिथोले हालै गर्भ`वती समेत नरहेको देखाएको थियो।
ती ३७ वर्षिया महिला`लाई अहिले मानसिक स्वास्थ्य`सम्बन्धी कानुन अन्तर्गत निग`रानीका लागि नियन्त्र`णमा लिइएको छ र उनलाई सहयोग उपलब्ध गराइने भनिएको छ। विज्ञप्तिमा झुट्टा समा`चार दिनुको कारणबारे भने खुलाइएको छैन। प्रिटोरीआ न्यूजको स्वा`मित्वमा रहेको इन्डिपेन्डेन्ट अनलाइनले (आइओएल) यसबारे सुरुमा स`माचार प्रकाशित गरेको थियो।
आफ्नो समाचार सही रहेको उसले यसअघि बताएको थियो। उक्त अनलाइनले सिथोले`ले जुन ७ मा स्टिभ बिको एकेडेमिक हस्पि|टलमा उनले बच्चा जन्मा`एको उल्लेख गरेको थियो। प्रिटोरियाका स्वास्थ्य`कर्मीहरूको तयारी कमजोर रहेको भन्दै उसले अस्प`ताल र स्वास्थ्य अधि`कारीहरूले आफ्नो लापर|बाही ढाक्न खोजेको उल्लेख गरेको थियो।
पछिल्लो विज्ञप्तिमा भनिएको छ, “यी आरोपहरू झुट्टा, अप्रमाणित र स्टिभ बिको एके|डेमिक हस्पिटलको राम्रो छवि धमिल्याउने उद्देश्यले आएका हुन्।” प्रिटोरिया न्यूजका सम्पादक पिट रामपेडी र आइओएल अनलाईनविरूद्ध कानुनी कारबाही गरिने पनि विज्ञप्तिमा भनिएको छ। सिथोले आफ्ना जोडी टेबोहो सोतेत्सी र ६ वर्षमा जुम्ल्याहा|हरूसँगै जोहानेसवर्ग नजिकै पर्ने खाउटेङ् प्रान्तको थेम्बिसामा बस्दै आएकी छन्।
आइ`ओएल अन`लाइनका अनुसार रामपेडी जाने गिर्जाघरमा उनीहरू पनि प्रार्थनाका लागि जान्छन् र डिसेम्बरमा उनी|हरूको चिनजान भएको थियो। मे महिनामा उनले उक्त जोडीको अन्तरवार्ता लिएको र त्यसमा उनी`हरूले आठ जना बच्चा अपेक्षा गरि`रहेको बताएको दाबी गरिएको छ।
एउटा फोटोमा सिथोलेको गर्भ एक|दमै ठूलो देखिन्छ। प्रिटोरिया न्यूजले जुन ८ मा १० जना बच्चाको आश्चर्यजनक जन्मबारेको खबर प्रकाशन गरेको थियो जसमा सोतेत्सी|लाई श्रोत उल्लेख गरिएको थियो। पछि सोतेत्सीले सिथोले`बाट त्यस्तो सन्देश पाएको बता`एका थिए। उनले कोरोना|भाइरसको निषेधाज्ञाका कारण आफूलाई अस्पताल जान नदिइएको उल्लेख गरेका थिए।
रामपेडीले ह्वाट्सएप सन्देश`लाई आधार मानेका थिए र अस्पतालबाट स्वतन्त्र पुष्टि गराएका थिएनन्। स्थानीय मेयरले पछि त्यसरी बच्चाहरू जन्मिएको पुष्टि गरेका थिए। तर सरकारी प्रवक्ताले पछि स्थानीय नेताले परिवारको कुरा मात्रै सुनेको र कसैले पनि बच्चा नदेखेको बताएका थिए।
त्यसपछि उक्त जोडी र बच्चा`हरूका लागि चन्दा र सहयोगको लहर देखा परेको थियो। तर प्रिटोरिया न्यूजले प्रारम्भिक रूपमा कुन अस्पतालमा ती बच्चा`हरूको जन्म भयो भन्ने पुष्टि गर्न नसकेपछि आशङ्का|हरू उत्पन्न भएका थियो। र खाउटेङ्स्थित कैयौँ अस्प`तालहरूले त्यस्तो घ`टना नभएको बताएका थियो ।
त्यसपछि सोतेत्सीले सिथोले बेपत्ता भएको उल्लेख गर्दै सहयोग रोक्न आग्रह गरेका विवरण आएका थियो। सिथोलेले चाहिँ बच्चाहरूबाट आर्थिक लाभ लिन चाहेको आरोप उनीमाथि लगाएको प्रिटोरिया न्यूजले छापेको थियो। पछि सामाजिक कार्यकर्ताहरूले सिथोलेलाई फेला पारेका थिए र उनलाई शुक्रवार जाँचका लागि अस्पताल भर्ना गरिएको छ।
न्यूज ट्वेन्टी फोरले देखेको भनिएको एउटा चुहिएको मेमोमा रामपेडीले आइओएलसँग उसको ‘प्रतिष्ठामा आँच पुर्याएको’ भन्दै माफी मागेको जनाइएको छ। उनले उक्त समाचारलाई ‘राम्रो अनुभूति दिलाउने’ समाचार भन्दा खोज समाचारका रूपमा आफूले हेरेको भए हुने धारणा राखेका भनिएको छ। – बीबीसी
प्रतिकृया दिनुहोस्