करीब दुई महिनादेखि बन्द रहेको सार्व`जनिक यातायात सञ्चालनका लागि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु सका`रात्मक भएका छन् ।
असार १४ गते पछि स्वास्थ्य मापदण्ड अप`नाएर नयाँ मोडा`लिटीका साथ यातायात सञ्चालन गर्ने तयारीका साथ सम्बन्धित निकायहरुसँग छलफल र परामर्ष शुरु गरे|को जिल्ला प्रशासन कार्या`लय काठमाडौंका सूचना अधिकारी कल्पना घिमिरेले जान`कारी दिनुभयो ।
मोडालिटी कस्तो बनाउने भन्नेमा छल`फल केन्द्रित छ, हामी क्रमिक ढंगले अघि बड्दै गएको छौ यातायात सञ्चालनका विषयमा सका`रात्मक छल`फल शुरु भएको छ, उहाँले भन्नुभयो । विहीबार स्वास्थ्य मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात मजदुर, यातायात व्यव|सायी र प्रमुख जिल्ला अधि|कारीहरु विच यातायात सञ्चालन गर्ने सम्बन्धमा छलफल भएको थियो ।
छलफलका क्रममा व्यव`सायीहरुले भने हवाई सेवा असार १७ गते देखि सञ्चालन हुने र पसल तथा बजारहरु समेत खुल्ला भएको भन्दै तत्काल सार्वजनिक यातायातलाई समेत सञ्चालन गर्नु पर्ने माग गरेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महा|सङ्घका वरिष्ठ उपाध्यक्ष दीपक अधिकारीले बताउनुभयो ।
लामो तथा छोटो दुरीका याता|यात सञ्चालन गरी अर्थतन्त्रलाई समेत विस्तारै चलाय|मान बनाएर लैजानुको विकल्प नभएको व्यव|सायीहरुको सुझाव छ । याे खबर गाेरखापत्र दैनिकमा छ
प्रतिकृया दिनुहोस्