Thursday, December 7

सामाजिक दूरीको नियम तोडे`पछि बेलायतका स्वास्थ्य मन्त्रीले दिए पदबाट राजीनामा

June 28, 2021 998

बेलायतमा सामाजिक दूरीको नियम तोड्दै आफ्नी एक सह`कर्मीलाई चुम्ब`न गरेपछि त्यहाँका स्वास्थ्य`मन्त्री म्याट ह्यानककले राजी`नामा दिएका छन्। प्रधान`मन्त्रीलाई लेखेको पत्रमा उनले जनताले यो महा`मारीमा गरेका धेरै त्यागको लागि र साँच्चिकै भन्नुपर्दा जब हामीले उनीहरू`लाई निराश पार्छौँ तब सरकार उनी`हरूको ऋणी रहने लेखेका छन्।

प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा पत्र पाएर आफू दुःखी भएको बताएका छन्। पूर्व अर्थ`मन्त्री शजिद जावेदलाई नयाँ स्वास्थ्य`मन्त्री बनाइएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ।

द सन पत्रिकाले तीनजना सन्तानका साथ विवाहित रहेका ह्यानकक र जीन कोलेड्यानजेलो`बीचको चुम्ब`नको तस्बिर छापे`पछि ह्यानककमाथि पद छाड्न दबाब बढेको थियो। उक्त पत्रिकाले ती तस्बिहरू स्वास्थ्य मन्त्रालय`भित्र ६ मेमा लिइएको जनाएको छ। कयौँ पत्रिका`हरूले ह्यानककले आफ्नी श्रीमती मार्थासँगको १५ वर्षे वैवा`हिक सम्बन्ध टुङ्ग्याएको समाचार छापेका छन्।

ट्विटरमा प्रेषित एक भिडिओमा ह्यानकले भनेका छन्, ‘म स्वास्थ्य तथा सामाजिक स्याहार मन्त्रीको पदबाट राजीनामा दिनका लागि प्रधानमन्त्री`लाई भेट्न गएको थिएँ।’ ‘यो देशका सबैले गरेको धेरै त्यागलाई मैले बुझेको छु र हामी जसले नियम बनाउँछौँ त्यसमा प्रति|बद्ध हुनुपर्छ र त्यसकै कारण मैले राजी|नामा दिएको हुँ।’

स्वास्थ्य|मन्त्रीका रूपमा तीन वर्ष काम गरेका ह्यानककले आफ्नो राजीनामा पत्रमा नियम तोडेकोमा बारम्बार माफी मागेका छन्। त्यस्तो अवस्थाका लागि उनले आफ्नो परिवार र प्रियजन|सँग समेत माफी मागेका छन्।

प्रतिकृया दिनुहोस्