Friday, September 30

स्मार्ट`फोनको ब्याट्री बिग्रिन नदिन थाहा पाइ`राख्नुहोस् यी ७ टिप्स

January 17, 2022 645

मोबाइलमा आउने समस्या`हरुमा एउटा प्रमूख समस्या हो, ब्याट्री । मोबाइलको ब्याट्री प्रविधि वर्षेनी सुधार हुँदै गइरहेको छ ।

यद्यपी यसमा अझै पनि धेरै समस्याहरु छन् । तपाईंले ब्याट्री फुल्ने गरेको देख्नु भएकै होला । यो पनि ब्याट्रीको एउटा आम समस्या हो ।

वास्तवमा यी कुराहरुले ब्याट्रीको स्वास्थ्य अवस्थाको पनि संकेत दिन्छ, जसलाई हामीले कहिल्यै पनि बेवास्ता गर्नुहुन्न । ब्याट्री बिस्फोट हुन सक्छ । यस किसिमको जोखिमलाई लिएर हामी सधैं सचेत बस्नु पर्ने हुन्छ ।

लिथियम ब्याट्री-यसो नगर्नुहोस्

अधिकांश मोबाइलहरुमा लिथियम ब्याट्री`हरु प्रयोग भएका हुन्छन् । यस्ता ब्याट्रीको आफ्नै किसिमका फाइदाहरु छन् ।

यसमा ठूलो स्टोरेज क्षमता, हाई इफिसेन्सी र पुनः प्रयोगको सम्भावना हुन्छ । तर यसको सुरक्षालाई लिएर मानिसहरुमा एक किसिमको त्रास व्याप्त छ ।

१. धेरै माथिबाट फोन नखसाल्नुहोस्

यदि तपाईं आफ्नो फोनलाई हेलचेक्र्याई ढंगले चलाउँदै हुनुहुन्छ र बारम्बार माथिबाट खसाल्दै हुनुहुन्छ भने सबैभन्दा पहिले त यसले तपाईंको फोनको देखिने बाहिरी पाटो अर्थात स्क्रिनलाई बिगार्छ ।

तर भित्रभित्रै यसले तपाईंको ब्याट्रीमा समेत क्षति पुर्‍याइ|रहेको हुन्छ । लिथियम आयन ब्याट्री`हरु स्वभावैले पनि एकदमै धेरै तात्ने गर्छन् । साथै यस्ता ब्याट्रीहरुको विस्फोट हुने खतरा पनि उत्तिकै हुन्छ ।

२. हाई चार्जिङ करेन्ट प्रयोग नगर्नुहोस्

कहि`ले काँही तपाईं आफ्नो डिभाइ`स ओभर भोल्टेज र अस्वभाविक करेन्ट फ्लोमा चार्ज गर्नुहुन्छ । यसले तपाईंको ब्याट्रीलाई एकदमै जोखिमपूर्ण अवस्थामा पुर्‍याउँछ ।

लिथियम ब्या`ट्रीको चार्जिङ र डिसचार्जिङ वास्त|वमा रसायनिक प्रतिक्रिया मात्र हो । चार्ज गरिरहँदा पोजेटीभ इलेक्ट्रोडको लिथियम एटोमले इलेक्ट्रोन लुज गर्छ र त्यो नेगेटिभ बन्छ ।

ब्याट्री डिस्चार्ज हुँदा यहि प्रक्रिया`ले उल्टो मोड लिन्छ । जब करेन्ट उच्च हुन्छ, तब चार्ज भइरहेको ब्याट्रीमा यो प्रक्रिया पनि तीव्र गतिमा भइरहेको हुन्छ । यसले आन्तरिक डिस्टर्बेन्स निम्त्याउँछ र स्मार्टफोनको ब्याट्रीलाई बिगार्दछ ।

३. ब्याट्रीलाई लगातार ओभर चार्ज नगर्नु|होस्

राति सुत्ने समयमा हामी सामान्यतया फोन`लाई चार्जमा छोडेर जाने गर्छौं । यसले ब्याट्रीलाई ल`गातार ओभर चार्ज गर्दछ । यसले ब्याट्रीमा आन्तरिक दबाव बढाएर त्यो फुल्न थाल्छ ।

जब यस्तो सम|स्या देखिन थाल्छ, तब ब्याट्रीले सुरुवातमा जस्तै इफिसेन्सी प्रदान गर्दैन र यो कम टिकाउ हुन्छ । हाल आइ|रहेका नयाँ मोबाइ`लहरुले ब्याट्री फूल भएको अवस्थामा करेन्ट`लाई रोक्ने प्रविधि पनि बिकास गरेका छन् ।

४. डुब्लिकेट तथा न्यून गुणस्तरका चार्जर प्रयोग नगर्नुहोस्

डुब्लिकेट तथा न्युन गुणस्तरका चार्जरहरुले तपाईंको ब्याट्रीलाई आवश्यक पर्ने करेन्ट र भोल्टेज प्रदान गर्न सक्दैन । जसले गर्दा फोन ओभर चार्ज हुने र ब्याट्री चाँडै पुरानो हुने समस्या देखिन थाल्छ ।

५. उच्च तापमानमा फोनलाई लगातार चार्ज नगर्नुहोस्

लिथियम ब्याट्री चार्ज गर्ने उपयुक्त ताप|मान भनेको २५ डिग्री सेल्सियससम्म हो । गर्मी समयमा वा बाहिरी वातावरण र चार्जरबाट आउने तापमा`नले ब्याट्री फुल्न थाल्छ र यसले ब्या`ट्रीको आयूलाई प्रभावित पार्दछ ।

६. फोनलाई प्रयोग नगरी लामो समय यत्तिकै नराख्नु`होस्

फोन निर्माता कम्पनी|हरु फोनलाई नियमित करिब ५० प्रतिशत जति चार्ज गर्न सुझाव दिन्छन् । यसले फोनको ब्याट्री र आयू`लाई कायम राख्न मद्दत गर्दछ ।

ब्याट्री लिथियम पो`लिमरले बनेको हुँदा यसलाई लामो समय|सम्म प्रयोग नगरी राख्दा यसले आन्तरिक परिवर्तन`हरु ल्याउँदछ । जसले ब्याट्री फुल्ने र आफ्नो क्षमता गुमाउने जस्ता स|मस्या पनि निम्त्याउन सक्छ ।

यसबाहेक आफ्नो ब्याट्री`लाई कहिल्यै पनि तिखो वस्तुले नघो|च्नुहोस् । यसलाई ६० डिग्री सेल्सियस`भन्दा माथि नराख्नु`होस् । ब्याट्रीलाई जलाउने र कुच्याउने जस्ता काम गर्नुहुन्न ।

फास्ट चार्जिङले ब्याट्री बिगार्छ

कतिपय मानिस`हरु अहिलेका फास्ट चार्जरले मोबा`इल बिगार्ने बताउँछन् । उनीहरुको चिन्ता जायज हो । तपाईको ब्याट्री`लाई आवश्यकभन्दा बढी भोल्टेज र करेन्ट प्रवाह भयो भने यसमा नका`रात्मक असार पर्छ ।

प्रतिकृया दिनुहोस्