महा`मारीको समयमा काम नपाएर भोको पेट भएका`हरुलाई निशुल्क खाना खुवाउँदै आएकाहरुलाई प्रह`रीले नियन्त्रणमा लिएको छ । उनीहरुले भोकाहरु`लाई खाना खुवाउन प्रयोग गरेको ठाउँ पनि खाली गरा`इएको छ ।
काठमाडौंको अनामनगर`स्थित सिंहदरबारको पूर्वी गेट`नजिकै हाम्रो टिम नेपालले लक`डाउनमा काम गुमाएर भोको पेट हुनु|परेकालाई खाना खुवाउँ`दै आएको थियो ।
उनीहरुले निशुल्क वितरण गर्दै आएको खाना खान टाढा`वाट त्यहाँ विपन्न पुग्ने गरेका थिए । तर सोमवार उनीहरुले खाना बनाउन प्रयोग गरेको सार्वजनिक जग्गा खाली गरिएको छ। काठमाडौं महानगर प्रहरी र नेपाल प्रहरीको टोलीले सार्वजनिक जग्गा सोमबार खाली गराएको छ ।
अब भोको पेट हुनेहरुले कहाँ खाना खान्छन् त्यसको कुनै ठेगान छैन । प्रहरी|ले सार्वजनिक जग्गाको प्रयोग गरेको भन्दै टिमका केही`लाई नियन्त्र`णमा समेत लिएको छ।
हामी सरकारी जग्गामा खाना बनाइ`रहेका थियौं। सर|कारी जग्गामा बस्न त पाइएन। तर हामीले खाना बनाउन बनाएका संरचना पनि प्रहरीले भत्काइ`दिएको छ हाम्रो टिम नेपाल`का बब्लु गुप्ताले भने,’ मेयर र स्थानीय`हरूले उठेरहरू जानू भनेपछि लगिएको हो।
उनले वडा कार्यालयले आफुहरु`लाई अनुमति दिएका कारण आफु`हरु त्यहाँ खाना बनाइ|रहेको बताएका छन् । प्रहरीले हाम्रो टिम नेपालका संयोजक विमल पन्तलगायत २३ जना`लाई नियन्त्रण`मा लिएको छ। उनीहरू`लाई नगर प्रह`री कार्यालयमा राखिएको परिसरले जनाएको छ।
त्यस्तै सपना रोका मगर पनि पक्राउ परेकी छिन् , हेरौं भिडियोमा
प्रतिकृया दिनुहोस्