Wednesday, November 29

आज पुजा शर्माको जन्मदिन : आकाशले मध्यरातमा यसरि दिए शुभकामना(भिडियोसहित)

April 29, 2020 2070

आज नायीका पुजा शर्माको जन्मदिन हो । उनलाई सामाजिक जन्मदिनको शुभकामना दिनेहरु थुप्रै छन् । कोरोनाका कारण सरकारले लकडाउन’को घोषणा गरेकाले पुजा अहिले घरमै दिन बिताइरहे’की छन् ।

सार्वजनिक रुपमा बाहिर निस्कन नमिल्ने भएकाले उनको साथीभाईसंग कुनै स्पेशल कार्यक्रम भने नभएको हुनुपर्छ । तर सामाजिक सञ्जाल’मा उनलाई थुप्रैले जन्मदिनको शुभकामना दिएका छन् ।

उनलाई राति १२ वजे परिवारका सदस्यले जन्मदिनको शुभकामना दिएका छन । मध्यरातमा लाइभमा आएकी पुजालाई जन्मदिनको शुभकामना दिनेको सामाजिक सञ्जालमा ओइरो नै थियो । यसैबीच निकै नजिकको सम्बन्ध छ भनिएका अर्का नायक आकाश श्रेष्ठले पनि पुजालाई मध्यरातमै जन्मदिनको शुभकामना दिएका छन् ।

फेसवुक लाइभमा आउँदै पुजालाई उनले जन्मदिनको शुभकामना दिएका हुन् । आकाशलाई पुजाले जन्मदिनमा शुभकामना दिएकोमा धन्यवाद ब्यक्त गरेकी छन् ।

धेरै फिल्ममा संगै खेलेका पुजा र आकासलाई जोडीका रुपमा दर्शकले निकै मन पराएका छन् । उनीहरुको नाम जोडेर फ्यान क्लवहरु बनाइएका छन् । फेसवुक पेजमा उनीहरुको नाम जोडेर फ्यान पेज बनाईएको छ ।

कतिपयले उनीहरु प्रेममा रहेको पनि चर्चा गर्ने गरेका छन् । यद्धपी पुजा र आकासले प्रेमका बारेमा भने खुलेर केही बताएका छैनन् । तर दुवै जनाले निकै मिल्ने साथी र एकअर्काको सहयो’गी पनि भएको स्वीकार गरेका छन् ।

लकडाउन’मा आफ्नो आफ्नो घरमा रहेका पुजा र आकास बेलाबखत सामाजिक सञ्जाल मार्फत साक्षातका’र हुने गरेका छन् । उनीहरुलाई लिएर अर्की नायीका शुष्मा कार्कीले विवा’द उत्पन्न गरेपछि पनि दुवै जना सामाजिक सञ्जाला लाइभमा आएर त्यो कुराको खण्डन गरेका थिए ।

शुष्माले पुजा र आकासले फेक फ्यान’को नामवाट फेसवुक बनाएको र त्यसवाट आफ्नो प्रशं’सा आफै गर्ने र आलोचक’लाई नकारात्मक टिप्पणी गर्ने गरेको बताएकी थिइन् । उनले त्यस’को प्रमाण समेत आफुसंग रहेको बताएकी थिइन् । उनको यस्तो अभिब्य’क्ति पछि पुजा र शुष्माको फ्यानहरु सामाजिक सञ्जालमा बाँडिएका छन् । एक अर्का प्रति नकारात्मक टिप्पणीमा उत्रिएका छन् ।

प्रतिकृया दिनुहोस्