Thursday, December 7

आज सुनको मूल्य घट्यो कि बढ्यो ? यस्तो छ मूल्य

July 5, 2021 1453

सोमबार सुनचाँदीको मूल्यमा स्थिरता आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९१ हजार ५०० मा कारोबार भइरहेको छ ।

आइतबार २ सयले बढेको सुन आज स्थिर भएको हो ।महासंघका अनुसार आज तेजाबी सुन ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसरी हुन्छ सुनको मूल्य निर्धारण

नेपाली समयअनुसार विहान १० बजेको अन्तर्राष्ट्रिय बजारको मूल्यलाई नेपालमा मूल्य निर्धारणको आधार मानिन्छ। सोही सन्दर्भ मूल्यमा सो दिनका लागि राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर अर्थात् डलरको मूल्यले गुणन गरिन्छ। यसरी आएको गुणनफलमा प्रतिग्राम सरकारले लिने ८५० रुपैयाँ भन्सार जोडिन्छ।

अब त्यो मूल्यमा १ प्रतिशत ह्यान्डलिङ शुल्क जोड्ने र थप १ प्रतिशत मुनाफा जोड्ने गरिन्छ’, शाक्य भन्छन्, ‘त्यो मुनाफा ०.५ प्रतिशत आयातकर्ता बैंकले र ०.५ प्रतिशत सुनचाँदी व्यवसायीले राख्छन्।’ सुन आयातगर्दा लाग्ने बीमा लगायतका दायित्व भुक्तानी गर्न ह्यान्डलिङ शुल्क लाग्ने गर्छ ।

यसरी अन्तर्राष्ट्रिय बजारमा सुन महँगिँदा वा डलरको भाउ नेपाली मुद्राको तुलनामा महँगो हुँदा पनि नेपाली बजारमा सुन महँगिन्छ। सरकारले भन्सार राजस्वको दर बढाइदिएको अवस्थामा पनि सुन महँगिन्छ। अहिले यी तिनै कुराले नेपालीका लागि सुन ज्यादै महँगो भएको हो।

प्रतिकृया दिनुहोस्