Saturday, October 16

खाना पकाउने ग्यास, पेट्रोल, डिजेलको मूल्य बढ्यो ! यस्तो छ नयाँ मूल्य

July 6, 2021 3563

नेपाल आयल निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धनको मूल्य मूल्य बढाए`को छ। यसअघि समायो`जन भएको १३ दिनमै पेट्रोलियम पदार्थ`को मूल्य बढेको हो।

प्रति`लिटर २ रुपैयाँले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाइ`एको निगमले जनाएको छ। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रति`लिटर १२९, डिजल तथा मट्टितेलको प्रति`लिटर ११२ रुपैयाँ कायम भएको छ।

यस`अघि असार ९ गते निगमले पेट्रो`लियम पदार्थ`को मूल्य बढाएको थियो। भारतबाट आउने मूल्य नै बढेकाले समा`योजन गरिएको निग`मले जनाएको छ। निगमका अनुसार आज राति १२ बजे`देखि बढेको मूल्य लागू हुनेछ।

त्यस्तै आन्तरिक`तर्फ हवाई इन्धनको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएर प्रतिलिटर ८४ रुपैयाँ पुर्याइ`एको छ। अन्त`र्राष्ट्रिय उडानमा प्रति`किलोलिटर इन्धनको १९ अमेरिकी डलर वृद्धि गरिएको छ।

अब प्रति`किलोलिटर अमेरिकी डलर ७५४ कायम भएको छ। एलपी ग्यासको मूल्य पनि प्रति`सिलिण्डर २५ रुपैयाँले बढेको छ। खाना पकाउने ग्यासको मूल्य अब प्रति`सिलिण्डर १४२५ रुपैयाँ पर्नेछ। – सेतोपाटी

प्रतिकृया दिनुहोस्