यतिबेला गायक प्रकाश सपूतले गाडी किनेको खबर चर्चामा छ। प्रका`शले झन्डै ५० लाखमा हुन्डाईको क्रेटा किनेका हुन्। उनले किनेको गाडी सेतो रङको छ। मंगलबार प्रकाशले गाडीको भ्लग|सँगै फेस`बुकमा स्टाटस पोस्ट गरेका छन्।
सपना, संघर्ष, सिर्जना, सफलता मेरो। साथ, सहयोग, शुभेच्छा तपाईंहरुको,’ स्टाटसमा लेखेका छन्, ‘सपना देख्ने|हरुलाई हौसला हुनसक्छ। कला`कार मात्र भएर पनि कार चढ्न सकिन्छ है।’
गाडी किन्ने दक्षता बनाउन सकेको`मा प्रकाश खुसी छन्।नयाँ गाडीको किनेको खुसीमा उनले सेतोपाटी`सँग विगत पनि सम्झिए।झन्डै नौ वर्षअघि करिअर बनाउने सपना बोकेर काठमाडौं आएको थिएँ।
बाग्लुङबाट नाइट बसको सिट नम्बर ११ मा बसेर काठमाडौं आएको मलाई अझै याद छ,’ उनले भने, ‘त्यो बेला मलाई सेले`ब्रेटीहरूले मात्र राम्रो गाडी चढ्छन् भन्ने लाग्थ्यो। बाटोमा राम्रो अनि चिल्ला गाडी देख्दा पनि हेरिर|हन्थेँ।’
प्रकाशका अनु`सार त्यो २०६९ साल जेठ २२ गतेको दिन थियो। प्रकाशको काठमाडौं आएदेखि गाडी किन्ने इच्छा थियो। त्यस`बेला २१ वर्षे अल्लारे उनले मन|मनै भविष्यमा गाडी चढ्ने सपना देख्न थाले। जुन सपना अहिले पूरा भएको छ। पछिल्लो समय संगीत क्षेत्रमा चर्चा कमाएका प्रकाश`को यो पहिलो गाडी हो।
यसभन्दा अघि उनी पल्सर २२० मोटर`साइकल चढ्थे। उनले झन्डै डेढ वर्ष सेकेन्ड ह्यान्ड बाइक चढे। त्योभन्दा अघि प्लेजर स्कुटर चढे। त्यो पनि उनले काठमाडौं आएको झन्डै ५ वर्षपछि सेकेन्ड ह्यान्ड मोटर`साइकल किनेका थिए।
‘यो गाडी नै मेरो पहिलो नयाँ सवारी साधन हो। गाडी देखा`उनका लागि किनेको होइन। मजस्तै निम्न तहबाट उठेर पनि सफलता पाउन सकिन्छ भन्ने प्रेरणा मिलोस् भन्न चाहन्छु,’ उनले भने। गाडी किने|सँगै उन`लाई बुवाले पनि पुराना कुराको सम्झना गराएको बताए।
‘पहिले हाम्रो गाउँमा बाटो पुगेको थिएन। पारी गाउँमा गाडी चल्ने बाटो थियो। यता गाउँ`बाट पारी गाउँमा कति वटा गाडी चल्यो भन्ने गन्दै बस्थ्यौं,’ बुवाको भनाइमा उनले भने, ‘अब भने हामी आफ्नै गाडी चढ्न पाइने भयो भन्नु`हुन्छ।’
प्रकाशले गाडीको लाइसेन्स लिएका छैनन्। अहिले गाडी उनका भाइले चलाउने`छन्। तर छिट्टै लाइसेन्स निकालेर परिवार`लाई लिएर लामो यात्रामा जाने उनको योजना छ। प्रकाशका ‘बोल माया’, ‘गलबन्दी’, ‘बदला बरिलै’, ‘दोहोरी ब्याटल’, ‘मेरो पनि होइन र यो देश?’ लगायत गीत लोकप्रिय छन्।
प्रतिकृया दिनुहोस्