वर्षा शुरु भएसँगै नारायणगढ–मुग्लिन सडक`खण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने शृङ्खला चलिरहेको छ । पहिरो पन्छाएर जाममा परेका सवारीले सडक`खण्ड पार गर्न नपाउँदै अर्काे पहिरो जाने स`मस्या यतिबेला बढेको हो ।
डिभिजन सडक कार्यालय भरत|पुरका सूचना अधिकारी इञ्जीनियर शिव खनालका अनुसार भरतपुर महानगरपालिका–२९ को सेती|दोभान, इच्छा`कामनाको चार किलो, पाँच किलो, १४ किलो`लगायतका ठाउँमा पहिराले विगत एक सातायता दुःख दिइरहेको छ । आज मध्याह्नमा सेतीदोभानमा सडक खुलाउन जुटि`रहनुभएका उहाँले भन्नुभयो, “लेदो माटो र ढुङ्गा झरि`रहेकाले सडक सफा गर्न कठिन भएको छ ।”
पछिल्ला वर्ष`हरूमा पहिरो नखसेको सो ठाउँमा एका`एक पहिरो खसेको हो । सडकबाट झण्डै ८० मिटर`माथि बारी छ । त्यहाँ छ मिटर जति माटो मात्रै रहेको उहाँले जानकारी दिनुभयो । त्यस ठाउँमा खेती गरिँदै आएको छ ।
सोही ठाउँ`बाट पहिरो तल खसेको छ । भिरको ४० मिटर जतिमा पानीको मूल फुटेको छ । त्यहाँबाट पानी बगि|रहेकाले पनि पहिरो रोक्न कठिन भएको छ । सडक सफा गरेर केही सवारी पार गर्न नपाउँदै फेरि पहिरो खस्ने गरेको उहाँको भनाइ छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चित`वनका प्रमुख प्रहरी निरीक्षक भगवान`राज थापा सडक खुलाउन मुस्किल भएको बताउनु|हुन्छ । एक सातायता सो सडकले दुःख दिइरहेको छ । उहाँले भन्नुभयो, “अब सडक खुल्यो भन्ने बेलामा सेती`दोभानमा पहिरो खस्न शुरु गरेको हो ।”
असार १८ गते साँझदेखि खसेको पहि|राले निरन्तर दुःख दिइरहेको छ । कतिबेला के हुने हो ? निकै जोखिम बढेको भन्दै उहाँले भन्नुभयो, “सबैलाई म अनुरोध गर्न चाहन्छु, हिँड्नैपर्ने भएमा वैक|ल्पिक सडक प्रयोग गर्नुहोस् ।”
जाममा परेकाहरू बि|रामी भएका, खान नपाएका र सडकमा उच्च जोखिममा रहेका भन्दै उहाँले पू`र्वबाट आउने सवारीलाई बर्दिबास र हेटौँडाबाट राजधानी छिर्न सुझाव दिनुभएको छ ।
सडक पार गर्नका लागि सडक र बाहिर लाम बसेका सवारीको सङ्ख्या तीन हजारभन्दा बढी पुगिसकेको भन्दै उहाँले विगत तीन दिन`देखि सडक खुल्ने प्रती`क्षामा ठूला सवारी साधन कुरि`रहेको जानकारी दिनुभयो । भरतपुरका खुला ठाउँमा ठूला सवारी साधन रोकेर राखिएको छ । नारायणगढ–मुग्लिन सडकका फरा`किला सडक र खुला ठाउँमा पनि सवारी रोकि`राखिएको उहाँले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामि`छानेले सो सडकमा पहिरो झरेलगत्तैदेखि निरन्तर`रूपमा सफा गर्ने उपकरण र जनशक्ति परिचालन गरिएको बताउनुभयो । उहाँका अनुसार निरन्तररूपमा पहिरो खसिरहेकाले काममा कठिनाइ भएको हो । काम गर्न सके|सम्म रोकिएको छैन ।
डिभिजन सडक कार्यालय भरतपुर र सुरक्षा निकायले सडक खुलाउनका लागि दिनरात काम गरिरहेका छन् । केही वर्षअघि ठाउँठाउँमा पहिरो खसेर समस्या भएपछि पूरै सडकखण्डलाई विस्तार र पहिरो नियन्त्रण कार्य गरिएको थियो ।
तीन वर्ष`अघि काम सम्पन्न भ|एयता अघिल्ला दुई वर्षमा खासै समस्या भएको थिएन । यस वर्ष भने मौसम सक्रिय भएसँगै पहिरोले दुःख दिन थालेको हो । यस सडकमा सामान्य अवस्थामा दैनिक १० हजार हारा`हारी सवारी साधन आवत`जावत गर्ने तथ्याङ्क छ ।
प्रतिकृया दिनुहोस्