Thursday, December 7

आधा घण्टामा आउँछु भनेर घरबाटै ब्वाइफ्रेण्डसँग हिँडेकी २१ वर्षीय बिना आखिर कहाँ बेपत्ता भइन् ? प्रेमी भन्छन्: पैसा झिकेर बाहिर आउँदा उनी थिईनन्

July 7, 2021 1545

गैँडाकोट नगरपालिका – ४ जनक कलेज पछाडि झपर्दी चोक`की २१ वर्षीय बिना साप`कोटा विगत ८ दिनदेखि बेप`त्ता छिन् । असार १४ गते अपरान्ह साढे ४ बजे घरबाट निस्किए`की बिना अहिले`सम्म घर नफर्किएको उनका बुबा जयश्वर साप`कोटाले जानकारी दिए ।

जय`श्वरका अनु`सार सो दिन प्रवेश कँडेलले बिना`लाई गैंडा`कोटस्थित घरैबाट स्कुटरमा राखेर लगेका थिए । सापकोटाले भने, ‘ असार १४ गते आधा घण्टामा आउँछु भनेर ब्वाइ`फ्रेण्डसँग गएकी हुन् । अहिलेसम्म फर्किएकी छैनन् । व्यापक खोजी भएपनि भेटिएकी छैनन् ।

‘गौरीगञ्जमा लगेर छोरी`लाई कु टे को भन्ने सुनेको हो । कहाँ छ के छ केही थाहा छैन । केटाले दुईवटा केटी`लाई प्रेम गर्ने कुरा थाहा भएपछि यो स`मस्या आएको हो,’ उनले भरतपुर महा`नगरपालिका–४ का प्रवेश कँडेलसँग केही वर्षदेखि छोरीको प्रेम सम्बन्ध रहेको र दुई वर्षपछि विवाह गर्ने केटाको परि`वारले भन्दै आएको जानकारी दिए ।

उनले छोरी चार`दिनदेखि घर नफर्किएपछि असार १८ गते साँझ फेसबुकमा एउटा स्टाटस पोस्ट गरेर छोरी हराएको बारेमा सूचना सार्व`जनिक गरेका थिए । सूचना सार्व`जनिक गर्दा पनि कसैले उनको बारेमा जानकारी दिएनन् । दुई छोरी र एक छोरामा बिना जयश्वरको कान्छी छोरी हुन् ।

असार १७ गतेसम्म तीनदिन खोज्दा पनि पत्तो नलागे`पछि जयश्वरले छोरी हराएको विषयमा सुरुमा इलाका प्र`हरी कार्यालय गैँडाकोटमा मौखिक र पछि जिल्ला प्र`हरी कार्यालय चितवनमा लिखित जाहेरी दिए ।

प्रहरीले बिनाका प्रे`मी भरतपुर महा`नगरपालिका–४ का प्रवेश कँडेललाई नियन्त्रण`मा लिएको छ। उनको घटनाबारे अनुसन्धान गरिरहेकी जिल्ला प्रहरी कार्यालय चितवनकी निरीक्षक कमला नरालले केटीको मोबाइल खोजेर केटासँग भएको कुराकानी`बारे अध्ययन गर्ने काम भइरहेको बताइन् ।

२१ वर्षीया बिना गैंडा`कोटमै रहेको जनक कलेजमा बी`बीएस तेस्रो वर्ष अध्ययन गर्दै थिइन् । बिनाले फेसबुकमा देखिने ‘रिलेशनसिप स्टाटस’ मा ‘रिलेशन विथ प्रवेश कँडेल’ उल्लेख गरेकी छन् । प्रवेशले पनि फसबुकमा ‘रिलेशन विथ बिना सापकोटा’ उल्लेख गरेका छन् ।

बेलायतमा रहँदै आएका प्रवेश वैशाखको दोस्रो हप्ता ने`पाल आएका थिए । प्रवेशको जुलाईको १२ तारेखमा बेलायत फर्कने टिकट छ । उनी नेपाल फर्किएपछि चार`दिनसम्म बिना`को घरमा नै बसेको परिवारिक स्रोतले जनाएको छ ।

प्रवेश र विनाको प्रेम सम्बन्धको कुरा दुवै परिवार`लाई थाहा थियो । प्रवेश बिनाको घरमा बेला|बेलामा पुगिरहन्थे । बिनाले अर्की एक केटीको विषयमा सोधपुछ गरेपछि प्रवेश तीन जना सँगै बसेर कुरा गर्न तयार भए । बेपत्ता भएकी बिना प्रवेशको स्कुटर चढेर भरतपुरतर्फ लागेको बिनाका परिवारले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय चित`वनमा प्रवेशले दिएको बया`नमा भरतपुरस्थित ती अर्की यूवतीको घर नजिकै एक चौरमा बसेर तीन जनाबीच कुरा भएको थियो । सुरूमा ती युवतीले प्रवेशसँग आफ्नो सामान्य कुराकानीमात्रै हुने गरेको बताएकी थिइन् ।

चितवन प्रहरीका अनुसार बिना`को प्रेमीले आफ्ना दुई प्रेमि`का बिना र कुसुमको भेट गराएपछि दुई जनाको बीचमा बा झा बा झ भ एको र बिना बे|होस भएको बयान दिएका छन् । बेहोस भएकी बिनालाई कुसुमको घर लगेको बताएका छन् । साढे साँझ ६ बजेतिर छोरी बेहोस भएको खबर जयश्वरलाई आएको थियो ।

उनले भने,‘ खबर सुन्नासाथ मोबा`इल छोरीलाई दिन भने तर बिना राम्रोसँग बोल्न सकिनन् । ‘तिमीहरू कता छौ म आउँछु भन्दा प्रवेश र विना दुबैले उनीहरू भएको ठाउँ बताएनन्,’ जयश्वरले भने, ‘प्रवेशलाई सवारीसाधन नभए मेरी छोरीलाई अटो`रिक्सामा भए पनि घर ल्याइदिइहाल भनेँ ।’

युवकले प्रहरीसँगको बयानमा ती युवतीको घरबाट बिनालाई गैँडाकोट पु-याउन स्कुटर निकाले पनि बिना त्यसमा बस्न नमानेको बताएका छन् । उनका अनुसार बिना पैदल नै चौबिसकोठीसम्म गएको तर आफू एटीएममा पसेको बेला बेपत्ता भएको बताएका छन् ।

जयश्वर र प्रवेश|ले राती २ बजेसम्म भरतपुरका विभिन्न ठाउँमा बिनालाई खोजेका थिए । नभेटेपछि प्रवेशलाई पनि लिएर गैंडाकोटस्थित घर पुगे । घटनाको विषयमा प्रहरीलाई मौ`खिक जानकारी गराएका थिए ।-नारायणी अनलाइनबाट

प्रतिकृया दिनुहोस्