Thursday, December 7

जामुन खान भनी गएका ३ वर्षीय नाबालकको शव भेटियो

July 7, 2021 2631

दुई दिनदेखि बेपत्ता रहेका कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर ८ का तीन वर्षे नाबालकको श`व फेला परेको छ।

इलाका प्रह`री कार्यालय टीकापुरको टोलीले खोजतलास गर्ने क्रममा टीकापुर नगरपालिका वडा नम्बर ४ बाघमाराको जमरा नदीमा बालकको श`व फेला पारेको हो।

सोमवार बिहान करिब ११ बजेदेखि घर नजिकै रहेको जामुन खान दिदी नाता पर्ने १५ वर्षीय बालिकासँगै गएका ३ वर्षे छोरा विवेक विष्टको श`व फेला परेको हो। उनी दिलीप विष्टका छोरा हुन्।

इलाका प्र`हरी कार्यालय टीकापुरका प्रमुख डीएसपी प्रकाश सापकोटाले बाघमारास्थित जमरा नदीमा प्र`हरीको टोलीले बालकको श`व फेला पारेको बताए।

‘दिउँसोदेखि नै नदीमा खोजी गरिरहेको प्र`हरी टोलीले बालकको श`व फेला पारेको छ’, डिएसपी सापकोटाले भने, ‘बेपत्ता बालककै श`व हो वा होइन भनेर हुलिया पहिचान गर्न आफन्तसहित घट`नास्थल गइरहेको छु।’

घटना`बारे विभिन्न कोणबाट अनु`सन्धान भइरहेको बताउँदै डिएसपी सापकोटाले थप विवरण छिट्टै सार्व`जनिक गर्ने बताए। बालक विष्टको घरबाट जमरा नदी झण्डै ५ सय मिटर उत्तरतर्फ छ।

प्रह`री श्रोतका अनुसार गए राति`देखि प्रहरीले ती बालकसँगै जामुन खान भनेर गएकी बालिका`माथि केरकार शुरु गरेको थियो। नाटकीय रुपमा नाबालक हराए`पछि टीका`पुर क्षेत्रमा त्रा`स फैलिएको थियो। -अन्नपूर्ण पोस्ट

प्रतिकृया दिनुहोस्