Saturday, September 18

अन्तर`जातीय बिहे गरेको जोडी २१ दिनदेखि जंगलमा, सहयोग माग्दै गरे भिडियो सार्वजनिक (भिडियोसहित)

July 9, 2021 209

सामाजिक सञ्जाल ट्वीटरमा जेवी विश्व`कर्माले एउटा भिडियो सार्वज`निक गरेका छन् । जसमा एक जोडीले आफुहरुलाई सहयोग गर्न अपिल गरिरहेका छन् ।

आफुहरुले अन्तर`जातिय विवाह गरेको र परिवारका सदस्यले नअ`पनाएका कारण जंगलमा आएर बस्नुपरेको बताएका छन् । भिडियोमा बोल्नेहरु कैलालीको भजनी नगरपालिका–४ झलझलियाका प्रकाश विश्वकर्मा र मालती रावल हुन् ।

उनीहरुले आफ्नो खुसी`ले विवाह गरेको भएपनि परिवारका सदस्यले ध म्की दिएका कारण जंगलमा बस्नुपरेको बताएका छन् । भिडियोमा कुन जंगल उल्लेख नगरिएको भएपनि भजनीको जंगल भएको हुन`सक्ने अनुमान गरिएको छ । ट्वीटरमा अपलोड गरिएको भिडि`योमा युवकले आफुहरु`लाई रुकुम घटना दो`होरिन सक्छ भनेर चेतावनी आएका कारण डर लागेको बताएका छन् ।

युवतीले पनि जिवन रक्षाको लागि भि`डियो सार्व`जनिक गर्न बाध्य भएको बताएकी छन् । प्रकाशको आफन्तले दिएको जानकारी गराउँदै अधिकारकर्मी जेबी विश्वकर्माले सो भिडियो आफ्नो ट्विटर ह्यान्डलबाट पोस्ट गरेका छन् ।

भिडियो`मा प्रकाशले विवाह गरेपछि परिवारले नमानेको हुनाले जङ्गलमा आउनु`परेको बताएका छन् । माल`तीले भनेकी छिन्–‘हामीलाई धम्की दिएका छन् ।’ दम्पतीले आफू`हरूले प्रेम गरेर विवाह गरेको र मालतीको पेटमा बच्चा भएको उल्लेख गर्दै टाढा हुन नचाहेको बताएका छन् ।

विवाह गरे`लगत्तै युवतीका आफन्तले युवक`लाई मा’रि’दि’ने, घर ज’ला’ई दिने चेतावनी दिएपछि उनीहरु जंगलमा बस्न बा’ध्य भएका हुन् । युवतीका आफन्तले रुकुम ह’त्या’का’ण्ड’ज’स्तै मा’रिदि’ने चेतावनी दिएपछि युवक त्र’सित भएका हुन् ।

भिडियो हेर्ने यहाँ थिच्नु`होस्

प्रतिकृया दिनुहोस्