वैदेशिक रोजगार नगुमोस् भनेर वैदेशिक रोज`गारीमा जान चाहनेलाई चीनबाट ल्याइएको कोभिडविरु`द्धको खो`प दिएर पठाउन ला|गिएको छ । रोजगार गन्तव्य मुलुकले खो`प अनिवार्य गरेपछि जान चाहेका कामदार|लाई प्राथमि`किकरणमा राखि रोजगारीमा पठाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार चीन|बाट खरिद गरी ल्याएको खो`प वैदेशिक रोजगारीमा जान चाहेकालाई विशेष प्राथमिकतामा राखेर पठाइनेछ । यससँगै ओलम्पिकमा सहभागी हुने खेलाडी तथा विदेशमा उपचा`र र अध्ययन गर्न जानेलाई पनि चीनबाट ल्याइएको खो`प दिएर विदेश पठाइने मन्त्रालयले जनाएको छ ।
खो`प लगाउदा भिसा र पासपोर्टको आधारमा खो|प लगाइने मन्त्रालयले जनाएको छ । रोजगार गुम्न सक्ने अवस्थालाई पनि मध्यनजर गर्दै खो|प लगाउन लागिएको मन्त्रालयका एक अधिकारीले बताएका छन् ।
ती अधिकारीका अनुसार श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको परामर्शबमोजिम वैदेशिक रोज`गारमा जान चाहनेलाई खो`प लगाउने भइएको हो ।
हाल खो`प लगाउन नपाएका कारण करिब ३५ हजार बढी श्रमिक वैदेशिक रोजगारमा जान नपाएको बताइएको छ । तर, अबको खो`प कार्यक्रम रोजगारमा जानेलाई पहिलो प्राथ`मिकतामा राखिएको मन्त्रालयले जनाएको छ । – न्युज२४ नेपाल
प्रतिकृया दिनुहोस्