अन्तरजातीय विवाह गरेर जंगलमा लुक्न गएका एक जोडी बाध्य भएर युवकको घर फर्किए । तर, घर फर्कनेवित्तिकै शुक्र`बार युवतीको आफन्तले युवतीलाई लिएर गएका छन् ।
कैलालीको भजनी नगरपालिका–४ का प्रकाश विश्वकर्मा र जानकी गाउँपालिकाकी मालती रावल घर`बाट भागेर विवाह बन्धनमा बाँधिएका थिए । परिवारले स्वि`कार्न नसक्ने स्थिति देखिए पनि उनीहरु दुवै भागेर जंगलमा जिवन बिताइरहेका थिए, जुन दृश्य उनीहरुले भि`डियो बनाएर सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
जंगलमै लुकेर बस्दा उनीहरुले भिडियो`बाटै आफूहरुलाई परिवारले स्वीकार नगरेको र सहयोगका लागि सबैसँग अपेक्षा राखेका थिए । तर, उनी`हरु शुक्रबार प्रकाशको घर फर्किए ।
घर फर्केको सूचना पाएसँगै युवतीको तर्फबाट करिब २५ जनाको समूह आएर मालतीलाई छुट्टाएर लगे । मालतीलाई जीपमा जब`र्जस्ती चढाएर लगेको प्रकाशका एक आफन्तले बताए ।
उनका अनुसार ‘भागेर प्रेम विवाह गरेर युवतीलाई घरमा ल्याएको थियो, प्रकाशले । तर, घरमा बस्न नसके`पछि उनीहरु जंगलमै बसेका थिए । तर, शुक्रबार घर आएका थिए उनीहरु । तर, घर आउने`वित्तिकै मालतीलाई छुटाएर लगियो । हामीले बोल्न केही सकेनौँ ।’
दुवै जना एक वर्ष`देखि प्रेम सम्बन्धमा रहेको पनि उनले बताए ।असार १७ गते युवतीका आफन्तले घरबाट हराएको भनि प्र`हरीमा दिएको निवेदनका अधारमा दुवै`लाई खोजी कार्य गरिएको थियो । भागेर अन्तर`जातीय विवाह गरेका उनी`हरु दुवैको उमेर २० वर्ष भन्दा कम रहेको छ ।
मालतीलाई परि`वार पक्षले घर लिएर गए पनि प्र`हरीले भने थप अनुस`न्धानका लागि दुवै पक्षलाई बोलाएको छ । दुवै पक्ष कार्यालयमा उपस्थित भए पछि थप कुरा बाहिर आउने प्रह`रीले जनाएको छ । – न्युज२४नेपाल
प्रतिकृया दिनुहोस्