बिहीबार राति आफु बसेकै अपार्ट`मेन्टमा मृ त फेला परेकी अभिनेत्री तथा निर्माता जेनी कुँवरको शुक्रबार पशुपति आर्य`घाटमा अन्त्येे`ष्टी गरिएको छ । उनको पार्थिव शरीरलाई भतिज जीवन कुँवरले दाग`बत्ती दिएका छन् । अन्त्येष्टी अगाडि उनको पार्थि`व शरीर अन्तिम श्रद्धाञ्ज`लीका लागि पशुपति क्षेत्रमै केही घन्टा राखिएको थियो ।
उनलाई श्रद्धाञ्ज`ली दिन चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला, कोषाध्यक्ष सुनिल कटुवाल लगायत कार्य`समिति पदाधिकारी सबै, प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, आइडल डिजाइन`रका सुन्दर श्रेष्ठलगायत थुप्रै कला`कर्मी पुगेका थिए । उनको श`वमा कलाकार संघको झण्डा समेत ओढाइएको थियो ।
उनी विहीबार राति थापागाउँ`स्थित सनराइज अपार्टमेन्टमा रहेको आफ्नै निवासमा झु ण्डि एको अवस्थामा मृ त फेला परेकी थिइन् । प्रह`रीले घट|नास्थलवाट नोट पनि फेला पारेको छ । जसमा उनले यो निर्णय आफैले लिएको लेखेकी छन् । आफु डिप्रे`शनको रो`गी भएको पनि उनले बताएकी छन् ।
एक समय फिल्ममा राम्रै जमेकी उनले २०५७ सालमा कलाकार निर्देशक मोहन निरौलाको ‘अदृश्य श्रम’ नामक सिरियल`बाट अभिनय सुरु गरेकी थिइन् । फिल्म भने पहिले ‘जिन्दगानी’ थियो ।
त्यसपछि मैदान, जीवनदाता, कानून, अभिमन्यु, मलाई माफ गरिदेऊ, हलचल, धूम, मिस्टर ड`न, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ लगायत करिब दर्जन फिल्म अभिनय गरेकी उनले ‘हलचल’ र ‘घायन’ नामक दुई फिल्म बनाएकी छन् । सिरियल र म्युजिक भिडि|यो समेत अभि`नय गरेकी उनले केही म्युजिक भिडि`यो निर्देशन समेत गरेकी छन् । उनी गीत समेत गाउँथिन् ।
विगत केही वर्षयता भने धेरै समय पशुपति क्षेत्रमा बिताउन थालेकी उनी पछिल्लो समय अध्या`त्ममा रमाउँदै आएकी थिइन् । उनका दुई छोरी र श्रीमान रहेका छन् । छोरीहरू भने अहिले अमेरि`कामा रहेका छन् ।
प्रतिकृया दिनुहोस्