Wednesday, November 29

२८ वर्षपछि अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि चुम्दा मेस्सिले मैदानबाटै श्रीमतीलाई भिडियो कल (भिडियो सहित)

July 11, 2021 1719

आइतबार बिहान माराकाना रंगशा|लामा सदाबहार प्रतिद्वन्दी ब्राजिललाई १–० गोलको नतिजामा पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि जित्यो । फाइनलबाहेकका खेल बन्द रंगशालामा हुनु र युरोपियन च्याम्पियनसिप पनि एउटै समयमा भएकाले कोपा अमेरिका`को चर्चा अपेक्षित हुन सकेन ।

तर, विश्व फुटबलका दुई पावर हाउस अर्जेन्टिना र ब्राजिलको फाइनलमा भेट निश्चित भएसँगै प्रतियोगिताको सरगर्मी एक्कासी बढेको थियो । र, सर्वकालिन महान् फुटबलरमध्ये एक- लियोनेल मेसी`का लागि पहिलो अन्त`र्राष्ट्रिय उपाधि जित्ने सम्भावित अन्तिम मौका थियो । र, ब्राजिललाई माराकानामा पराजित गरेसँगै मेसीले पहिलो र अर्जेन्टिनाले २८ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जिते ।

कोपा अमेरिका २०१५ र २०१६ मा लगातार फाइ|नल हारेको अर्जेन्टिना २०१९ मा ब्राजिलसँग सेमिफाइ|नलमा पराजित भएको थियो । सन् २०१४ विश्वकपको फाइनलमा जर्मनीसँग पराजित भएको अर्जेन्टिना पटक–पटक उपाधि नजिक पुगेको थियो ।

अन्ततः कोपा अमेरिका २०२१ को उपाधि जितेसँगै ६ पटकका बालोन डी’अर विजेता मेसीले ट्रफी ब्याबिनेटमा एउटा अन्तर्राष्ट्रिय उपाधि पनि राख्न पाउने भएका छन् ।अर्जेन्टिनी कप्तान लियोनल मेस्सी र ब्राजिली स्टार नेयमार संयुक्त रुपमा कोपा अमेरिका कपको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । मेस्सीले सर्वोत्कृष्ट खेलाडीसँगै प्रतियोगिताको सर्वाधिक गोलकर्ताको उपाधि पनि जिते ।

दक्षिण अमेरिकी फुटबल फेडेरेसन (कन्मेवल) को प्रावि`धिक टोलीको अध्ययन पछि मेस्सी र नेयमारलाई संयुक्त रुपमा कोपाको सर्वाेत्कृष्ट खेलाडी घोषणा गरिएको हो । कोपाको इतिहा`समा पहिलोपटक दुई खेलाडीले सर्वाेत्कृष्ट खेलाडीको अवार्ड बाँडेका छन् ।

समापन समारो`हमा भने मेस्सीले मात्र अवार्ड ग्रहण गरे । कन्मेवलको छनोट समितिले दुई मध्ये एक खेलाडीलाई मात्रै छान्न असहज भएकाले दुवै खेलाडीलाई कोपाको सर्वाेत्कृ`ष्ट खेलाडी घोषणा गरिएको विज्ञप्ति|मा उल्लेख छ ।

आइतबार बिहान मारा`काना स्टेडिय`ममा भएको फाइनलमा अर्जेन्टिनाले घरेलु टोली तथा साविकको विजेता ब्राजिललाई १–० ले हराउँदै २८ वर्षपछि कोपाको च्याम्पि|यन बनेको थियो । यस्तै मेस्सी पनि अर्जेन्टिना|बाट पहिलो उपाधि जित्न सफल भए ।

‘मेस्सी र नेयमार कस`लाई सर्वाेत्कृ`ष्ट बनाउने यो छान्न हामीलाई सहज थिएन । उनीहरु उत्कृष्ट खेलाडी हुन् । कोपामा दुवै खेलाडी`ले उत्कृष्ट प्रदर्शन गरेका छन्,’ कन्मेवलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘उनीहरुले प्रत्येक खेल`मा प्राविधिक र रणनी`तिक रुपमा उत्कृष्ट खेल पस्किए`का छन् । उनीहरुकै उच्च प्रदर्शनमा दुवै टोली फाइनलमा पुग्न सफल भएका हुन् । सोही कारण उनीहरु दुवै कोपाको सर्वाेत्कृष्ट खेला`डी हुन् ।’ कन्मेवलको विज्ञप्ति`मा उल्लेख छ ।

मेस्सीले कोपा`को ७ खेलमा ४ गोल र ५ असिस्ट दिएका छन् । यता नेयमारले ६ खेलमा २ गोल गर्नुका साथै ३ असिस्ट दिएका थिए । मेस्सी र कोलम्वियाका लुइस डियाज`ले समान ४ गोल गरेका थिए । असिस्ट`मा मेस्सी अघि रहेकाले उपाधि जिते ।

यो उपाधिसँगै मेसीले अर्जेन्टिना`का लागि पहिलो मुख्य उपाधि जितेका छन्। जितपछि खुसीले अर्जेन्टिना`का खेलाडी उफ्रिए। एक-अर्का|लाई बधाई दिए। तर पराजित टोलीका खेलाडी नेइमार पनि अर्जेन्टिनी खेलाडीले खुसी मनाइ`रहेको ठाउँमा गए र मेसीलाई अँगालो मा|रे।

उनीहरूले झन्डै १ मिनेट|सम्म एक-अर्कालाई अँगालो हालिरहे। यो क्षण`ले दुबै टिमका समर्थक`लाई भावुक बनायो। भिडिओमा नेइमारले मेसीलाई बधाई र मेसीले नेइमार`लाई सान्त्वना दिइरहेको जस्तो देखिन्छ। नेइमार र मेसीको उक्त अँगालोको अहिले सामाजिक सञ्जाल`मा चर्चा भइरहेको छ।

उपाधिका लागि प्र|तिष्पर्धा गरेका नेइमार र मेसी`को मित्रता गहिरो छ। केही समय|अघि सम्म उनीहरू स्पेनिस क्लब बार्सिलोनामा सँगै फुटबल खेल्थे। पछिल्लो समय नेइमार बार्सिलोना`बाट फ्रान्सेली क्लब पिएसजी गएका छन्। अहिले क्लब फरक परे पनि मेसी र नेइमारको मित्रता भने कायमै छ।

प्रतिकृया दिनुहोस्