Saturday, September 18

देउवालाई ७ चोटि प्रधान-मन्त्रीको भविष्यवाणी गर्ने ज्योतिषको नेताहरुले गरे खोजी

July 15, 2021 544

सोमबार सर्वोच्च अदा`लतले प्रतिनिधि`सभा पुनःस्थापनासहित काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त गर्न परा`मादेश दियो । सर्वोच्चको फैसलासँगै देउवानिवास बूढानीलकण्ठमा काँग्रेसका नेता–कार्यय`कर्ताहरु भेला हुन थालिसकेका थिए ।

देउवा निवासमा नेता–कार्यकर्ताहरु पुष्प`गुच्छा र फूलमालासहित आएका थिए । सबैले देउवा`लाई बधाई दिए । बधाई थाप्न भ्याई नभ्याई भयो ।विशेषगरी सुदूर`पश्चिमेली कार्यकर्ताहरु र देउवा`सँग निकट मानिने केन्द्रीय नेताहरुको उप`स्थिति बाक्लिँदै गयो । देउवाले उनी`हरुसँग आन्तरिक छलफल गरे ।

यसै क्रममा काँग्रेस प्रवक्ता विश्व`प्रकाश शर्माले देउवालाई ७ पटक प्रधानमन्त्री बन्ने योग रहेको बताउने ज्योतिषसँग भेट्न चाहेको बताए । शर्माले ठट्टा गर्दै भने, ‘सभाप`तिज्यू तपाईंको ज्योतिष`सँग एकपटक मैले पनि भेट गर्नुपर्ने देखियो । मलाई भेट गराउनुपर्यो ।’

शर्माले यति भने`पछि उपसभापति विमलेन्द्र निधि बोले, ‘भाइहरूको पालो मेरोपछि आउँछ, पहिले त मैले पो भेटिनु`पर्ने भयो ।’

विमलेन्द्र र विश्व प्रकाशको कुरा सुनिसकेपछि सबै नेताहरु हाँसे । त्यहाँ उप`सभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्रीद्वय प्रकाश|शरण महत, सुनिल`बहादुर थापा, पूर्वस`हमहामन्त्री रामशरण महत, प्रवक्ता विश्व|प्रकाश शर्मा, संसदीय दलका प्रमुख सचेतक बाल`कृष्ण खाण, सांसद`हरु डिला संग्रौला, बहादुरसिंह लामा, मान`बहादुर विश्वकर्मा र उमाकान्त चौधरी`लगायत उपस्थित थिए ।

गत आम चुनावका क्रममा ०७४ कात्तिक ३० गते देउवाले आफू`लाई ज्योतिष ‘सात पटक प्रधान`मन्त्री हुने योग रहेको बताएको’ भनेका थिए । नेपालीहरु ज्योतिषी`प्रति विश्वास गर्ने भएका`ले सो कुरा भएको देउवाको भनाइ थियो ।

त्यसो त बूढानील`कण्ठमा ज्योतिषको चर्चा हिजो मात्र भने भएको होइन । यस`अघि गत चैतमा पनि पत्रकार महा`संघको चुनावका सन्दर्भमा छलफल हुँदा पनि देउवाका ज्योतिष`को चर्चा भएको थियो ।

त्यो दिन नेता कृष्ण`प्रसाद सिटौला र मिनेन्द्र रिजालले ‘ज्योतिषले तपाईं`लाई सात पटक प्रधानमन्त्री हुने योग रहेको बताए । त्यो हुँदा त हाम्रो त पालै पो नआउने देखियो’ भन्दै ठट्टा गरेका थिए ।

जवाफमा देउवा`ले एमाले अध्यक्ष केपी शर्मा ओलीले गत चुनावताका ०७४ कात्तिक २९ गते काँग्रेस`बाट आफूलाई अन्तिम प्रधानमन्त्री हुने दाबी गरेपछि प्रतिउत्तरमा ज्योतिषको प्रसंग निका`लेको बताएका थिए ।

पछिल्लो समय गत पुसमा ५ मा प्रधान|मन्त्री ओलीले प्रति`निधिसभा विघटन गरेपछि देउवा प्रधान`मन्त्री बन्ने चर्चा सुरु भएको हो । सर्वोच्चको फैसला`पछि देउवा पाँचौं पटक प्रधान|मन्त्री बन्ने पहिलो व्यक्ति बन्न पुगेका छन् ।

यसअघि काँग्रेस नेता स्वर्गीय गिरिजा|प्रसाद कोइराला र राप्रपाका नेता लोकेन्द्र बहादुर चन्द चार/चार पटक देउवा प्रधानमन्त्री बनेका थिए ।
यसैबीच, केही समयअघि देउवा निवासमा पुगेका ज्योतिष सुरेन्द्रचन्द्र रिजालले असारअघि देउवाका लागि सत्ता योग राम्रो नभएको बताएका थिए । – रातोपाटी

प्रतिकृया दिनुहोस्