Thursday, December 7

भीम रावलद्वारा सांसद पदबाट राजीनामा दिएको घोषणा

July 18, 2021 915

एमाले नेता तथा अछाम निर्वा`चन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद भीम रावलले राजनीतिक दलका शीर्ष नेतामा स्वेच्छा`चारिता बढेको भन्दै सांसद पदबाट राजी|नामाको घोषणा गरेका छन् । उनले आइतबार संसद् भवन नयाँ बानेश्वरमा आफ्नो राजी`नामा घोषणा गरेका हुन् ।

त्यस क्रममा उनले आफ्नो राजनमा पत्र पढेर सुना`एका थिए । पत्र पढ्दै उनले राजनी`तिक दलका शीर्ष नेताहरूमा स्वेच्छाचारिता बढेको तथा घृणि`त राजनीतिक खेल खेलबाट आफू`लाई अलग राख्नु श्रेयस्कर ठानेर राजीनामा दिएको बताएका छन् ।

सम्माननीय सभामुख ज्यु, प्रति`निधि सभा सिंहदरबार काठमाडौँ ।

विषय: राजीनामा

महोदय, झन्डै आधा शताब्दी लामो राजनीतिक जीवनमा मैले अनेकौँ राजनीतिक आरो`ह अवरोह तथा घात प्रति`घात व्यहोरेको छु । र तिनको सामना गर्दै आएको छु । यो सबै मैले मातृभूमिको स्वाधीनता, स्वतन्त्रताका लागि गरेको थिए । तर राज`नीतिक नेतृत्वको त्यसविपरितका काम हुँदै देश र जनतालाई अनेकौँ पीडा र अनिश्चयको दिशातर्फ धकेल्ने किर्ते काम हुँदै गए ।

फल|स्वरूप आज नेपाल र नेपाली|हरूको शिर निहुरिँदै गएको छ । अझ केही समययता राजनी|तिक वृत्तको नेतृत्व तहमा देखिएको चरम सत्ता र पदलिप्सा तथा विधि र पद्धतिलाई आफ्नो उचित एवं निहित स्वार्थका लागि मिच्दै अत्यन्त स्वेच्छा|चारी र निरंकुश तरि`काले काम गर्ने अनैतिक चरित्रको घृणित अभ्यास भइरहेको देख्दा कुनैपनि सच्चा, देशभक्त र लोक`तन्त्र प्रेमी नेपालीको मन रुन्छ ।

यस्ता विकृत तथा देश र जनताका हितविपरितका क्रिया`कलापका विरुद्ध जुध्दै रोक्नका लागि जन`प्रतिनिधि एवं राजनीतिक कर्मीको हैसियतले मैले अधिकतम प्रयत्न पनि गरे ।

तर पछिल्लो समय प्रतिनिधि सभाको विघ`टनदेखि पुनर्स्थापना र प्रधान`मन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनि`यन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश जनता र पार्टीको हित भन्दा निजी स्वार्थ अहम्, प्रतिशोध चरित्र र कार्य देख्दा देश र जनताको हित`लाई सर्वोपरि सम्झने जुनसुकै नाग`रिकको मनमा घृणा उत्पन्न हुन्छ ।

यस्तो स्थितिमा अनैतिक राजनीतिक तथा देश र जन|विरोधी राजनीतिक अभ्यासको मति|यार हुनुभन्दा यसबाट अलग हुनु श्रेयस्कर भएकाले उक्त प्रकारको दूषित खेलबाट आफू|लाई अलग गर्दै प्रति|निधि सभाको सदस्य पदबाट राजीनामा दिएको छु ।

भीमबहादुर रावल सदस्य प्रतिनिधि सभा, अछाम निर्वाचन क्षेत्र नम्बर १
– रातोपाटी बाट

प्रतिकृया दिनुहोस्