बिग्रिएका, भाँचिएका सामान`हरु पुनः प्रयोगका लागि किनेर लैजाने कवाडी`वालाले एक्का`सी ३ वटा हेलिकप्टर ल्याएको देखे`पछि मानि`सहरु चकित नपर्ने कुरै भएन ।
भारतको पंजाबको मानसा सहरमा यस्तै भएको छ । यहाँका एक कवाडी`वालाले एकैचोटी ३ वटा हेलि`कप्टर ल्याएपछि त्यहाँ हेर्ने र फोटो खि`चाउनेको भिड लागेको छ ।
पंजाबको मान`साका ती कवाडी`वालाले भारतीय वायु`सेनाका ६ वटा कंडम हेलिकप्टर किनेका थिए । तीमध्ये २ वटा मानसामा ल्याएर राखेका छन् । अहिले यिनै हेलि`कप्टर हेर्न मानिस`हरुको लाइन लागेको भार`तीय मिडियाले जनाएका छन् । यी हेलि`कप्टरको तौल १० टन प्रति हेलिकप्टर छ र यी हेलिकप्टर लिलामीको माध्यमबाट बेचिएका हुन् ।
६ हेलिकप्टर`मध्ये एउटा मुम्बइका कुनै ग्हकले किनेर लिएर गए । २ वटा हेलिकप्टर लुधि`यानाका एक व्यक्तिले किनेर लिएर गए । बाँकी ३ हेलिकप्टर मानसामा राखिएका छन् । मानसामा राखिएका यी हेलिकप्टर मानिसहरुको आक`र्षणको केन्द्र बनेका छन् ।
यी हेलिकप्टर मान`साका मिट्ठु कबा`डियाले किनेका हुन् । मिट्ठु कबाडिया त्यस क्षेत्रमा कवाडी उठाउने कामका लागि प्रसिद्ध छन् । भारतीय सेनाका ग्राउण्डेड हेलि|कप्टरहरु कवाडीमा किनेर मिट्ठु तीन वटा हेलिकप्टर लिएर मानसा पुगेपछि त्यहाँ हेर्ने मानि`सहरुको भिड लागेको थियो ।
पूरै सहरका मानि`सहरुले हेलिकप्टर भित्र र बाहिर उभिएर फोटो खिचाउन थाले । सारा सहरका मानिस`हरु खुसी भएको देख्दा कवाडीवालाको अनुहारमा पनि खुसी देखिनथ्यो ।
सहरमा एकातिर यी हेलिकप्टर मनो`रन्जनका साधन बनेका छन् भने कवाडी परि|वारका लागि पनि फाइदा`को वस्तु बनेका छन् । होटल र पर्यटकीय क्षेत्रमा यी हेलिकप्टर राखेर मान्छे तान्ने काम पनि भइरहेको छ । – डिसी नेपाल
प्रतिकृया दिनुहोस्