Sunday, September 24

पुजाले गाली गर्ने सुष्मालाई यसो भनिन्, विगत सम्झिँएर आशु झारिन् (भिडियोसहित)

April 30, 2020 1874

हिजो नायीका पुजा शर्माको जन्मदिन हो । लकडाउन’का कारण पुजा अहिले घरमै छन् । उनले जन्मदिन पनि घरमै मनाएकी छन् । अहिले फिल्मको काम बन्द भएका कारण उनले अहिले आफ्नो फोन पनि अफ गरेको बताए’की छन् ।

हरेक वर्ष साथीहरु’का साथमा जन्मदिन मनाउने गरेकी पुजाले यो वर्ष भने फरक तरिकाले जन्मदिन मनाएको बता’एकी छन् । उनले यो पटकको जन्मदिन’मा आफुले फरक महशुष गरेको बताइन् ।

आफ्ना लागि धेरैले घरमा केक बनाएको र फेसवुक म्यासेन्जरमा केक देखाएको पनि उनले बताइन् । उनलाई प्रत्यक्ष भेट्न नपाएपनि उनलाई जन्मदिनको शुभका’मना दिनेहरुले फेसवुक लगायत सामाजि’क सञ्जालको प्रयोग गरेका छन् ।

उनलाई राति १२ वजे परिवारका सदस्यले जन्मदिनको शुभकामना दिएका छन । मध्यरातमा लाइभमा आएकी पुजालाई जन्मदिनको शुभकाम’ना दिनेको सामाजिक सञ्जाल’मा ओइरो नै थियो । पुजाले आफ्ना फ्यान यतिधेरै किन भए भन्ने कुरामा आफु पनि अचम्म परेको बताएकी छन् । सामाजिक सञ्जालमा पुजा’लाई नकारात्म’क लेख्ने वित्तिकै उन’का फ्यानले तत्काल त्यसको उत्तर दिने गरेका छन् ।

अहिले नायीका शुष्मा कार्की’ले पुजाका बारेमा नकारात्मक टिप्पणी गरेपछि अहिले पुजाका फ्यानहरु आक्रोशित भएका छन् । पुजाले आफैले फेसवुक फ्यान ग्रुप बनाउने र त्यसै मार्फत नकारात्म क टिप्पणी गर्ने गरेको भनेर शुष्माले भनेका कारण अहिले पुजाका फ्यानहरु आक्रोशित भएका छन् ।

पुजाले सो विषयमा पहि’लो पटक प्रत्यक्ष प्रतिकृया दिएकी छन् । उनले आफ्नो जन्मदिनको दिनमा त्यस्तो नकारात्मक कुरा गर्न नचाहे’को बताइन् । उनले सबैलाई कोही न कोही मन नपरेको हुनसक्छ तर त्यो कुरा सार्वजनिक रु’पमा भन्दा उसलाई माया गर्ने मानिसहरुलाई चित्त दुख्छ । त्यसैले आफुलाई मन पर्दैन भन्दैमा त्यसलाई अभिब्यक्त गर्न जरुरी छैन । उनले भनिन्, मलाई पनि कति कार्यक्रममा को कलाकार मन पर्दैन भनेर सोधेको हुन्छ ।

कोही न कोही त मलाई मन नपर्ने पनि हुनसक्छ । तर मैले सबै कलाकार मनपर्छ भन्छु । मलाई मेरो आमाले के कुरा सिकाउनुभएको छ भने कसैको पनि मन नदुखा’उ भन्नुभए’को छ त्यसैले मैले कहिल्यै सार्वजनिक रुपमा त्यो कुरा भन्दिन, उनले भनिन्, यो विषय’मा मलाई किन जोडिएको छ ? मैले आफै बुझ्न सकेको छैन ।

पुजाले शुष्मासंग बोल’चाल र कुराकानी नभएको बताएकी छन् । उनले आफुलाई त्यसरी नचिन्ने पनि बताइन् । त्यसैले उनले शुष्मासंग कहिल्यै झगडा पनि नभएको बताइन् । उनले शुष्माले भनेको कुरा’लाई लिएर आफुलाई नजोड्न आग्रह गरेकी छन् ।

उनले सामाजिक सञ्जालमा राख्ने सामग्री स’बैले हेरुन भनेर नै राख्ने हो तर शुष्माले आफुले पोष्ट गरेको कुरा पुजाले पनि हेर्ने गरेकी छन् भनेर भिडियो लाइभमा बताए’की थिइन् । उनले सामाजिक सञ्जाल’मा राखिने सामग्री सबैले हेर्नका लागि राखिने भएकाले आफुले पनि हेरेको बताइन् ।

उनले आफु आफ्नो जिवन’मा कहिल्यै शुष्मा’संग नबोलेको पनि बताइन् । शुष्माको नाम नलिएरै आफ्नो भनाई राखेकी पुजाले निर्देशक सुदर्शन’लाई समेत अनेक लाच्छना लगाएको भन्दै पुजाले त्यस्तो नगरेको भए हुने बताइन् । उनले भनिन् निर्देशक’को त इज्जत छैन भने म त को हो र ? भन्ने लाग्यो । हेर्नुहोस् कुराकानी

प्रतिकृया दिनुहोस्