थाइल्याण्डमा १ सयभन्दा बढी बाँदरका ठूलो समुहको एक भिडियो बाहिर आएको छ । भिडियोमा बाँदरहरूको ठूलो झुण्ड सडकमा एक`आपसमा लडि`रहेको देख्न सकिन्छ । यसबीच सडकमा यात्रा गरिरहेका मानिस घण्टौँ जहाँको त्यहीँ रो`किएका थिए ।
यस ‘ग्याङ फाइट’ का दौरान बाँदर|हरूको आवाज यति ठूलो थियो कि मानिसहरु ड|राएर गाडीभित्र नै लुकेर बसेका थिए । यो घट`ना थाइल्याण्डको चर्चित पर्यटकीय क्षेत्र लोपबुरीको रहेको बता`इएको छ । यो सहर बुद्धको प्राचिन मन्दिरहरूका लागि चर्चित रहेको छ ।
भिडियो रेकर्ड गर्ने एक व्यक्तिका अनुसार यो घ`टना लोपबुरीको फ्रा कान मन्दिर र प्राङ्ग स्याम यटको छेउ`छाउको हो । उनी आफ्नो घरको तेस्रो तल्लामा सरसफाइ गरि`रहँदा बाँदरहरू क`राएको आवाज सुनेका थिए ।
जब उनले बाहिर हरे, त्यहाँ १ सय भन्दा बढी बाँदर`हरूको दुई गुट सडकमा एकआपसमा भिडि`रहेका थिए । यो भिडन्त करिब १ घण्टा`सम्म चलेको थियो ।
यसका कारण घण्टौँ ट्राफि`क जाम भएको थियो । यस`अघि सन् २०२० को मार्चमा पनि यस्तै घ`टना देखिएको थियो । – रातोपाटी
भिडियो हेरौं …
प्रतिकृया दिनुहोस्