Thursday, December 7

अनुहारमा बिजुली बत्ती बालि-दिएपछि झोक्किए प्रधानमन्त्री देउवा

July 29, 2021 1141

बिहीबार राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्या`लय खुमल`टारमा अन्त`र्राष्ट्रिय बाघ दिवसका अवसरमा कार्यक्रम राखिएको थियो । राष्ट्रिय बाघ संरक्षण समितिले गरेको कार्य|क्रममा प्रधान|मन्त्री शेरबहादुर देउवा प्रमुख अतिथि थिए ।

कार्य`क्रममा गृहमन्त्री बालकृष्ण खाँण, कानुन`मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्व प्रधानमन्त्री माधव`कुमार नेपाल, पूर्व वनमन्त्री ज्ञानेन्द्र`बहादुर कार्की, नेपालका लागि भार`तीय राजदूत, नेपालका लागि रसियाका कार्य`वाहक राजदूत लगायत अतिथि थिए ।

बिहान साढे १० बजे सुरू भएको कार्य`क्रममा सहभागी हुन प्रधान`मन्त्री देउवा ठीक समयमै पुगेका थिए । कार्य`क्रमस्थलमा उनले नेपालमा पाइने बाघको अव`लोकन समेत गरे ।

कार्यक्रमका वक्ताहरू`मध्ये देउवा`को बोल्ने पालो अन्तिममा रहेको थियो । उनी अघि पूर्वप्रधानमन्त्री नेपाल र त्यसअघि नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बोलेका थिए । राजदूत क्वात्राले बोल्ने क्रममा झ्याप्प बिजुली गयो ।

उनले अँध्यारोमै माइक`बिना भाषण टुङ्ग्याए । एकछिन`पछि जेनेरेटर`बाट बिद्युत ब्यवस्था गरियो तर मञ्चमा देउवाको मुखमा पर्नेगरी बिजुली बालियो । उनले अनु`हारमा परेको बिजुलीको प्रकाश हातले छेक्दै सो बत्ती बन्द गर्न भने । तर तुरुन्तै बत्ती ननि`भाएपछि प्रधानमन्त्री देउवा रिसाइ`रहेका देखिन्थे । अनु`हारमा परेको बत्ती निभेपछि देउवा शान्त बनेका थिए । – रातोपाटी

प्रतिकृया दिनुहोस्