Saturday, October 16

कोरोनासँग लडिरहेका ‘बेलासे’ को डायरी– ‘बाँचे ठिकै छ, मँरे भने कालो डायरी पढ्नु’ …..

April 30, 2020 2187

हाँस्य टेलिश्रृंखला भद्रगोलका निर्माता तथा कलाकार सुवास कार्की (बेलासे) लण्डनमा कोरोनासँग ल,डिरहेका छन् । झण्डै २ वर्षदेखि लण्डनमा बस्दै आएका कार्की हालै कोरोना भाईरस कोभिड १९ बाट सं,क्रमित भएका हुन् ।

कोभिड १९ पुष्टी भएपछि सुवास हाल लण्डनस्थित निवासमै सेल्फ आइसुलेसनमा छन्। सुवासले लण्डनमा कोरोना सं,क्रमण फै,लिन थालेपछि कतिपय साथीभाई नेपाल फर्के पनि आफु नेपालको तुलनामा लण्डनमा राम्रो उपचार हुने ठानी उतै बसेको प्रष्ट्याए। ‘म यहाँ कन्सियर्ज (सु,रक्षासम्बन्धि काम) को काम गर्छु।

लण्डनमा कोरोना भाईरस बढ्न थालेपछि साथीहरु नेपाल फर्कनुभयो। त्यती बेला नेपालमा कोरोना छि,रेको थिएन। बुढीको हस्पिटलको जागिर, छोराको नजिकिँदो एसएलसी, छोरी सानी भएको र घर भर्खर किनेको कारण म लण्डनमै बसेँ। यहाँ केही भईहाल्यो भने पनि राम्रा हस्टिल छन्, स्वास्थ्य सेवा राम्रो छ, उपचार राम्रो हुन्छ भनेर नेपाल फर्किनं।

कोरोनाले उ,ग्र रुप लिएपछि यहाँको सरकारले लकडाउन गर्यो’ सुवासले न्यूज अफ नेपाल डट कमलाई सुनाए ‘बुढी बीना हस्पिटलमा काम गर्छिन्। हामी दुबैजना अ,त्यावशकिय सेवामा भएकाले काममा जानु पथ्र्यो र गई रहयौं पनि।

बुढीले पछि मेरो सल्लाहमा एनुएल लिभ लियो। मेरो काममा रिस्क नभएकाले मचाहिँ सेवामा गईरहेँ।’सुवासका अनुसार सेवामा जाँदा र सानी छोरीका लागि दुधलगायतका खाद्य पदार्थ खरिद गर्न जाँदा उनी सँधै भिडभाडको सामना गर्दथे। उता उनको कार्यालय’का साथीहरु भने दुई सातासम्मका लागि सेल्फ आईसुलेनमा बस्न विदा लिन पाउने नियमानुसार भटाभट विदामा बस्न थालेका थिए।

‘साथीहरु साँच्चै नै विरामी भएर सेल्फ आईसुले’टमा बसेका हुुन् होइनन्, त्यो उनीहरुलाई नै थाहा होला। तर हामी नेपाली इमान्दार हुने भएकाले ढाँट्ने कुरा थिएन। हामी अफिसमा राती दुई कन्सियर्ज र दुई सेक्युरीटी गरेर जम्मा चारजना काम’दार हुन्थ्यौँ। विस्तारै आफुसित काम गर्ने साथीहरुसँग पनि डराउनुपर्ने अवस्था आउन थाल्यो। भएन भनेर २ हप्ताको लागि एनुएल लिभ लिएँ।’

सुवास विदा लिएर घर पुग्दा उनको पत्नी विदा सकिएर ड्युटी गईसकेकी थिइन्। छोरी उनलाई कुरिरहेकी थिइन्। सुवासले सधैं’जस्तो नुहाई धुवाई गरी ओरी छोरीका लागि खाना बनाए, खुवाए। भोलिपल्ट सुवासलाई अचानक थकान र जिउ दुखेको महशुष भयो। स्वास्थ्य’कर्मी पत्नीले उनको ज्वरो नापिन्। ज्वरो १०२.६ देखिएपछि प्यारा सिटामोल, पानी खुवाइन्।

त्यस दिनदेखि सुवास छुट्टै कोठामा सुत्न थाले, छुट्टै शौचालय प्रयोग गर्न थाले। अस्पताल पुगेर दिनभर बसी पूरै शरी’र परिक्षण गरे पनि चिकित्सकले उनको कोरोन जाँच भने गरेनन्। भनेछन् ‘सिरीयस कन्डिसनमा आएको र यहाँ भर्ना भएकाको मात्र कोरोना टेष्ट गर्छौं।’

सुवासले कठिनताका साथ लण्डनबाट सुनाए ‘अरु रिपोर्ट पनि नर्मल आयो र घर फर्किएँ। घर पुगेपछि छोरी चमेलीलाई केही नहोस् भनेर कामना गरेँ। मेरो ज्वरो बढ्ने क्रम थारी थियो। हाम्रो कोठा छुट्टै थियो। एउटै घरभित्र भए पनि हामीले एक अर्कासँग कुरा गर्न भि’डियो कल गर्न थाल्यौँ।

सबै सँगै भए पनि टाढा भएजस्तो महशुष हुन थाल्यो। बुढीले खाना ढोका अगाडि राखिदिन्थिन्। यतीकैमा बुढीले पनि खोक्न थाले’को सुनियो।चमेलीले पनि खोक्न थाली। म झन झन गल्दै गएँ। खाना रुच्नै छोडेको छ। वास्ना फिटिक्कै आउँदैन। अब त म मर्छु’जस्तो लाग्थ्यो’ सुवासले सुनाए ‘मलाई कोरोना भईसक्यो भन्ने अनुमान भयो।

धेरै गाह्रो हुँदै गएपछि बीनाले हस्पिटलमा फोन गरिन्। हस्पीटलले स्वाब टेष्ट ग¥यो। रिपोर्ट आउन ४८ घण्टा लाग्ने रहेछ, रिपोर्टबाट कोरोना पुष्टी भयो। मलाई मेरो सबै अंगले काम गर्न छोडी’सक्योजस्तो लाग्न थालेको छ। अब बाँच्दिन भनेर मनमा धेरै कुरा खेल्न थालेको छ।’

सुवासले आफ्ना मनमा खेलेका सबै कुरा पत्नी’लाई सेयर गर्न सकेका छैनन्। बरु एउटा डायरीमा लेखेका छन् ‘दिन बित्दै गयो। गाह्रो माथि गाह्रो हुन थाल्यो। बेडबाट उठ्नै नसक्ने भएँ। मैले म वि’रामी छु भनेर नेपालमा कसैलाई भनेको छैन। बिनाले ससुरा’लीमा भनेको रहेछ।

लण्डनका थाहा पाउने साथीभाईले पनि सान्त्वना दिईरहे’का छन्।मैले यस्तो विकसित देशमा त केही हुदैन भन्ठानेको थिएँ, तर हस्पिटलको सेकेण्ड रिपोर्टमा पनि कोरोना पोजेटिभ आ’एको छ। आति’एर डराउली भनेर मैले घरको जिम्मवेवारीको सबै कुरा बुढीलाई भन्न सकेको छैन।’

सुवासले डायरीमा लेखेका छन् ‘बाँचे त ठिकै छ, मरेँ भने कालो डायरी पढ। मेरा दिदी भिनाजु उसै त सधैं फोन गर्ने, उहाँहरुलाई पनि भनेको छैन दिदीले झन् पिर लिन्छे भनेर। मेरी ठुलीआमा पनि उसै त सकि नसकी दिन दिनै फोन गर्नुहुन्छ, कमाजोरी मान्छे पिर लिनु हुन्छ भनेर उहाँलाई पनि भनेको छैन।’ -नेपाल समाचारपत्रबाट

प्रतिकृया दिनुहोस्