गृहमन्त्री बालकृष्ण खाँडले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा वेपत्ता भएको घट`नाको आवश्यक छानविन गरी सत्यतथ्य पत्ता लगाउन प्रहरी र स्थानीय प्रशा`सनलाई निर्दे`शन दिनु भएको छ ।
गृहमन्त्री खाँडले गृह सचिवसहित प्रहरी महा|निरीक्षक तथा स्थानीय प्रशासन`लाई तत्काल घटना छानविन गरी वास्तविकता पत्ता लगाउन निर्देशन दिनु भएको उहाँका निजी सचिव नरेन्द्र केसीले जान|कारी दिनुभयो ।
स्थानीय प्रशासन`का अनुसार अहिले`सम्म दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ बाट भारतको पङ्गला जान खोज्दा तुइन चुँडिएर स्थानीय ३३ वर्षीय जयसिंह धामी महाका|ली नदीमा वेपत्ता भएको जानकारी प्राप्त भएको जनाइएको छ । स्थानीयले भने तुइनबाट महा|काली नदी पार गर्न लाग्दा भारतीय सीमा सुरक्षा बलको टोलीले तुइनको फलामे डोरी तान्दा नदीमा खसेर वेपत्ता भएको आरो`प लगाए|का छन् ।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्टले अहिलेसम्म तुइन चुँडिएर खसेको भन्ने जानकारी आएकाले जानकारी दिनुभयो । उहाँले भारतीय एसएसबीले डोरी चुँ`डालेको भन्ने कुराको आधिकारिक जानकारी नआएको पनि बताउनुभयो ।
अहिले घट`नास्थलमा ससस्त्र र नेपाल प्रहरीको टोली खोजतलासमा गएको र स्थानीयको आरोपअ`नुसार भारतीय एसएसबी|समेतलाई पत्राचार गरी के कस्तो भएको हो सत्यतथ्य पत्ता लगाइ जानकारी दिन भन्दै पत्राचार गरिएको भट्टले रासस`लाई बताउनुभयो ।
प्रतिकृया दिनुहोस्